प्रधानमन्त्री गुन्डुबाट फर्किन्, कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद् लगिँदै « Khabarhub

प्रधानमन्त्री गुन्डुबाट फर्किन्, कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषद् लगिँदै


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको विध्वंश र हताहतीबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सरकारले कार्यान्यवन अघि बढाउने भएको छ।

त्यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएकी छन् ।

उक्त प्रतिवेदन गत फागुन २४ गते संयोजक कार्कीले प्रधानमन्त्रीसमक्ष बुझाइसकेका छन्। उक्त प्रतिवेदन प्रधानमन्त्री कार्कीले विज्ञको सहयोग लिएर एक सातासम्म अध्ययन गरिन् ।

अध्ययन सकिएपछि उक्त प्रतिवेदन मन्त्रिपरिषद् बैठकमा पेश गर्न लागिएको हो। बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद्मा पेश भएपछि उक्त प्रतिवेदन आइतबार नै गृह र रक्षासहितका सम्बन्धित मन्त्रालयहरू र सुरक्षा निकायमा कार्यान्वयनका लागि पठाइने छ।

‘एक सातापछि प्रधानमन्त्रीज्यू सरकारबाट बिदा हुने तयारीमा हुनुहुन्छ । त्यसकारण आइतबारको मन्त्रिपरिषद् बैठकमा प्रतिवेदन पेश गरेर सम्बन्धित निकायले कार्यान्वयनमा लैजान्छन्’, बालुवाटार स्रोतले भन्यो, ‘कार्यान्वयनको चरणमा गएपछि प्रतिवेदनलाई नै प्रहरीले जाहेरीका रूपमा लिन्छ । सम्बन्धित मन्त्रालयले त्यही प्रतिवेदनका आधारमा आफ्नो जिम्मेवारी लिएर कार्यान्वयन अघि बढाउँछन् ।‘

उता जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न मागसहित सडकमा पनि प्रदर्शन भइरहेको छ। जेन-जीसहितले प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरेर दोषीलाई कारबाहीको माग गरिरहेका छन् । आइतबार पनि प्रतिवेदनलाई लिएर काठमाडौंको माइतीघर मण्डल लगायतमा युवाहरूले प्रदर्शन गरेका छन् ।

कार्की नेतृत्वको आयोगका सदस्य पूर्वडीआईजी विज्ञानराज शर्माले प्रतिवेदनको मूल अंश ९ सयभन्दा धेरै पृष्ठको रहेको खुलाएका छन् । आयोगमा अध्यक्ष कार्की, सदस्य शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी थिए ।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भएको कारबाहीको सिफारिस भएको बताइएको छ।

‘आयोगले कारबाहीको सिफारिस गरेको छ, सरकारले अब कार्यान्वयन गर्छ । प्रतिवेदनको मूल अंश करिब ९०० भन्दा धेरै पृष्ठको छ । अनुसूची पनि छन् । सबै कागपत्रसहित ८ देखि १० हजार पृष्ठ छन् । हामीले २३ र २४ गते दुवैको मिहीन रुपमा अध्ययन गरेर प्रतिवेदन लेखेका छौँ’, शर्माले फागुन २४ मा भनेका थिए।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  २ : ४२ बजे

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

काठमाडौं- मध्यपूर्वमा जारी युद्धले यस साता नयाँ उथलपुथल ल्याएको छ

इजरायली प्रहरीको मुख्यालय र भूउपग्रह केन्द्रमा आक्रमण गरेको इरानको दाबी

काठमाडौं- पश्चिम एशियामा द्वन्द्व बढ्दै जाँदा इरानले आइतबार इजरायलका विभिन्न

राप्रपाले छान्यो समानुपातिक तर्फका चारजना सांसद

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फका चार सांसद छनोट

राष्ट्रिय सुरक्षा तालिम सुरु

काठमाडौं– रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमान्ड

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)