भोजपुरको लुङ्गिनमा ‘एक टोल, एक खेलमैदान’ निर्माण « Khabarhub

भोजपुरको लुङ्गिनमा ‘एक टोल, एक खेलमैदान’ निर्माण


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा खेलमैदान निर्माण गरिएको छ । खेलकुद क्षेत्रको विकास तथा युवाहरूलाई सकारात्मक गतिविधितर्फ अभिप्रेरित गर्ने उद्देश्यले यहाँका १५ टोलमा व्यवस्थित भलिबल मैदान निर्माण गरिएको हो ।

स्थानीय सरकारले ‘एक टोल, एक खेलमैदान’ भन्ने अवधारणालाई प्राथमिकतामा राख्दै कार्यक्रम अघि बढाएको हो । यस कार्यक्रममार्फत गाउँका हरेक टोलमा खेल पूर्वाधार विस्तार गरिँदा युवाहरूलाई आफ्नै ठाउँमा खेल अभ्यास गर्न सहज वातावरण बनेको छ ।

हतुवागढी–२ वडाध्यक्ष विचारी थापाका अनुसार खेलकुदको विकाससँगै युवाहरूमा स्वस्थ जीवनशैलीको प्रवर्द्धन, लागूपदार्थ दुर्व्यसनबाट टाढा राख्ने तथा सामाजिक एकता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

मैदान निर्माणपछि स्थानीय युवाहरूमा उत्साह उल्लेखनीय रूपमा बढेको छ । बिहान–बेलुका नियमित रूपमा भलिबल खेलिने गरेको छ भने विभिन्न टोलबीच मैत्रीपूर्ण प्रतियोगिता पनि सञ्चालन हुन थालेका छन् । यसले गाउँमा आपसी सम्बन्ध सुदृढ बनाउन र सामाजिक सद्भाव कायम गर्न सहयोग पुगेको स्थानीयवासी बताउँछन् ।

यस्तै, खेलमैदान निर्माणसँगै भविष्यमा वडा तथा गाउँपालिकास्तरका प्रतियोगिता आयोजना गर्ने तयारीसमेत गरिएको छ । यसबाट लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गरी जिल्ला तथा प्रदेशस्तरसम्म पुर्याउने लक्ष्य लिइएको वडाले जनाएको छ ।

वडाले आगामी दिनमा खेलकुद सामग्री व्यवस्थापन, मैदान स्तरोन्नति तथा अन्य खेल पूर्वाधार विकासलाई समेत निरन्तरता दिने योजना बनाएको छ । स्थानीयस्तरमै खेलकुदको विकासले समग्र गाउँको सामाजिक तथा शारीरिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने स्थानीयको भनाइ छ । 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ११ : ३५ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो