२४ घण्टाको ट्राफिक कारबाही : १९ लाख ९५ हजार राजस्व सङ्कलन « Khabarhub

२४ घण्टाको ट्राफिक कारबाही : १९ लाख ९५ हजार राजस्व सङ्कलन


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १९ लाख ९५ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८६ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १४२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने ११८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको हो ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ७ : ३५ बजे

श्रीलङ्काका पूर्वराष्ट्रपति राजपाक्षका छोरा नमल पक्राउ

कोलम्बो- पूर्वराष्ट्रपति महिन्दा राजपक्षेका छोरा तथा सांसद नमल राजपाक्षलाई श्रीलङ्काको

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले