रास्वपा सभापतिमा रवि नै दोहोरिने सम्भावना छ : कविन्द्र बुर्लाकोटी « Khabarhub

रास्वपा सभापतिमा रवि नै दोहोरिने सम्भावना छ : कविन्द्र बुर्लाकोटी


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी सभापतिमा दोहोरिने सम्भावना प्रबल रहेको छ ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका नेता कविन्द्र बुल्लाकोटीले पार्टी सभापतिमा रवि लामिछाने नै दोहोरिने विषयमा कुनै शंका नरहेको बताएका हुन्।

‘यसमा कुनै शंका छैन । रवि लामिछाने नै सभापति बन्नुहुने हो,’ उनले भने।

लामिछानेको विकल्प नभएको हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा बुल्लाकोटीले पार्टीमा अन्य सक्षम नेताहरू पनि रहेको बताए।

‘विकल्प त नहुने होइन, पार्टीमा धेरै नेताहरू हुनुहुन्छ । नेताहरू को–को हुने भनेर हानाथाप गर्नेभन्दा पनि पार्टीलाई निकास दिने कुरा महत्वपूर्ण हो,’ उनले भने।

उनले अहिले पार्टीभित्र नेतृत्वभन्दा पनि संगठनलाई एकताबद्ध बनाउने र आगामी राजनीतिक दिशा तय गर्ने विषय प्राथमिकतामा रहेको उल्लेख गरे।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  १० : ५० बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण