चितवनमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे « Khabarhub

चितवनमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दो क्रममा देखिएको छ । जनस्वास्थ्य कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म जिल्लामा डेंगुका २ सय ६० तथा स्क्रब टाइफसका ७ सय ८३ संक्रमित फेला परेका छन् ।

२०८३ वैशाख  ३१ गते सम्मको तथ्यांकअनुसार डेंगु संक्रमण सबैभन्दा बढी रत्ननगर नगरपालिकामा देखिएको छ । रत्ननगरमा मात्रै ८३ जना डेंगु संक्रमित भेटिएका छन् । त्यसपछि भरतपुर महानगरपालिकामा ५५, खैरहनी नगरपालिकामा ३५, राप्ती नगरपालिकामा १७ तथा कालिका नगरपालिकामा १० जना संक्रमित रहेका छन् ।

यस्तै, स्क्रब टाइफस संक्रमण पनि रत्ननगरमै सबैभन्दा बढी देखिएको छ । त्यहाँ २ सय १८ जना संक्रमित पुष्टि भएका छन् । खैरहनीमा ९९, भरतपुरमा ७८, राप्तीमा ७२ तथा कालिकामा ६४ जना संक्रमित भेटिएका छन् ।

गत २४ घण्टामा जिल्लाभित्र डेंगुको नयाँ संक्रमित नदेखिए पनि स्क्रब टाइफसका २ नयाँ संक्रमित थपिएका जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म डेंगु परीक्षण १० हजार २ सय ६ तथा स्क्रब टाइफस परीक्षण १० हजार ९ सय १० जनामा गरिएको छ ।

संक्रमणबाट हालसम्म कुनै पनि मृत्यु नभएको कार्यालयले जनाएको छ । स्वास्थ्यकर्मीहरूले लामखुट्टेको टोकाइबाट बच्न, घर वरपर पानी जम्न नदिन र ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  १ : ५५ बजे

रसुवा बाढी : १२ सय ९४ जनाको निधन भएको पुष्टि

काठमाडौं– रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन

भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी

काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी