ट्रम्पलाई बेइजिङमा खुवाइयो ‘बेइजिङ रोस्ट डक’को परिकार « Khabarhub

ट्रम्पलाई बेइजिङमा खुवाइयो ‘बेइजिङ रोस्ट डक’को परिकार


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण शुक्रबार तेस्रो दिनमा प्रवेश गरेको छ।

ट्रम्पले बिहीबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग मिलेर ‘टेम्पल अफ हेभेन’ अवलोकन गरेका छन्।

टेम्पल अफ हेभन भ्रमणका क्रममा ट्रम्पसँग उनका छोरा एरिक ट्रम्प र बुहारी लारा ट्रम्प पनि उपस्थित थिए। त्यसपछि दुवै नेताबीच द्विपक्षीय बैठक भएको थियो।

चीनले बुधबार साँझ ट्रम्पको सम्मानमा राजकीय भोज आयोजना गरेको थियो। भोजमा चीनको चर्चित परिकार ‘बेइजिङ रोस्ट डक’ अर्थात् भुटेको हाँस परोसिएको थियो। यसका साथै बीफ रिब्स पनि राखिएको थियो।

रिपोर्टका अनुसार ट्रम्पलाई राम्ररी पकाइएको मासु मन पर्ने भएकाले मेन्युमा उक्त परिकार समावेश गरिएको थियो। मिठाईमा तिरामिसु, आइसक्रिम, ताजा फलफूल र शंखजस्तै देखिने विशेष पेस्ट्री परोसिएको थियो।

यता अमेरिकी सञ्चारमाध्यम फक्स न्युजका पत्रकारहरू बेइजिङका सडकमा जडान गरिएका सयौं सीसीटीभी क्यामेरा देखेर आश्चर्यचकित भएका बताइएको छ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  २ : ३८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले