इजरायली मन्त्री अल-अक्सा मस्जिदमा छिरेपछि कतारको कडा विरोध « Khabarhub

इजरायली मन्त्री अल-अक्सा मस्जिदमा छिरेपछि कतारको कडा विरोध


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इट्मार बेन-ग्भिरद्वारा अल-अक्सा मस्जिद परिसरमा गरिएको प्रवेश र इजरायली बस्ती विस्तारकर्ताका उक्साहटपूर्ण गतिविधिको निन्दा गरेको छ।

कतारको विदेश मन्त्रालयले उक्त कदमलाई ‘विश्वभरका करोडौं मुस्लिमहरूको भावनामाथिको अस्वीकार्य उक्साहट’ भन्दै अन्तर्राष्ट्रिय कानुन र मानवीय कानुनको स्पष्ट उल्लंघन भएको जनाएको छ।

कतार समाचार एजेन्सीका अनुसार कतारले यसलाई कब्जामा रहेको जेरुसेलमको ऐतिहासिक र कानुनी अवस्थालाई परिवर्तन गर्ने खतरनाक प्रयास भनेको छ।

कतारले अन्तर्राष्ट्रिय समुदायलाई प्यालेस्टिनीहरूमाथि भइरहेका उल्लंघन रोक्न इजरायलमाथि दबाब दिन र अन्तर्राष्ट्रिय प्रस्तावहरूको पालना गराउन आग्रह गरेको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ४ : २० बजे

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

काठमाडौँ – सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी

बेलायतमा सवारीसाधन उत्पादन ४ प्रतिशतले बढ्यो

एजेन्सी- बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्षको सोही

भिक्टोरिया निर्वाचनमा कन्जरभेटिभको जितको सम्भावना

काठमाडौँ- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले

झारफुकको भाइरल भिडियो प्रकरण : जुम्लामा एक जना पक्राउ

काठमाडौं- झारफुक गर्ने भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा