‘प्रधानमन्त्रीको बिदा सकियो, देश बनाउने टोली पनि बन्यो, अब संसद्लाई जवाफ दिनु होला’ « Khabarhub

‘प्रधानमन्त्रीको बिदा सकियो, देश बनाउने टोली पनि बन्यो, अब संसद्लाई जवाफ दिनु होला’


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले समसामयिक राष्ट्रिय विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले भारतीय सेनाको हेलिकप्टर नेपाली भूमिमा अवतरण गरेको र त्यसमा भारतीय सुरक्षा अधिकारी सवार रहेको विषय सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे सरकारको धारणा माग गरे ।

उनले पूर्वी नेपालका चिया उद्योग र किसानहरू गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

चिया खेती किसानहरूको महत्वपूर्ण व्यवसायिक आधार भए पनि भारतीय अवरोधका कारण उद्योग र कलकारखाना बन्द हुने अवस्था सिर्जना भएको उनको भनाइ थियो।

‘व्यवसायीहरू मारमा परेका छन्, उद्योगहरू संकटमा छन्। यस विषयमा सरकारले के गरिरहेको छ ?’ भन्दै दुलालले सरकारसँग जवाफ माग गरे ।

प्रधानमन्त्री शाहले बिदा मनाइसकेको भन्दै उनले अब देश बन्ने भन्दै कटाक्ष गरे । बालेनले आइतबार आफू गृहमन्त्री सुधन गुरुङ र भौतिक मन्त्री सुनील लम्सालको तस्बिर फेसबुकमा हाल्दै देश बनाउने टोली भनेका थिए ।

त्यस्तै उनले सात दिनमा ६ दिन आफूले काम गरिरहेको बताउँदै एक दिन बिदा मनाउन पाउनुपर्ने भनेका थिए । तर उनै प्रमले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको, दार्चुलामा भारतीय हेलिकप्टर उडेकोसहितका विषयमा मौनता साँधेका छन् ।

बालेनले देश बनाउने टोली पनि बनाइसकेको भन्दै उनले अब देशमा देखिएका विभिन्न समस्या र घटनाबारे संसद्मा आएर जवाफ दिने अपेक्षा व्यक्त गरे।

‘प्रधानमन्त्रीले बिदा पनि मनाइसक्नुभएको छ, देश बनाउने जम्बो टोली पनि घोषणा गरिसक्नुभएको छ,’ दुलालले भने, ‘अब फुर्सद भएकाले देशमा भइरहेका घटनाबारे संसद्मा आएर जवाफ दिनुहुनेछ भन्ने विश्वास लिएको छु।’

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १२ : ०७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी