काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल  « Khabarhub

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आजदेखि औपचारिक छलफल सुरु भएको छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आइतबार आर्थिक वर्ष २०८३-०८४ का लागि ११ क्षेत्र समेटिएको १०१ बुँदे नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेकी थिइन् ।

राष्ट्रिय सभागृहमा आयोजित नगरसभाको १९ औँ अधिवेशन बैठकमा प्रस्तुत उक्त नीति तथा कार्यक्रममा महानगरको दीर्घकालीन सोच, उद्देश्य र योजनासहित चालु आर्थिक वर्ष २०८२-०८३ मा सम्पन्न हुन बाँकी बहुवर्षीय आयोजनालाई निरन्तरता दिने विषय समेटिएको छ ।

कार्यवाहक प्रमुख डङ्गोलले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै अन्तरसरकारी समन्वय र साझेदारीबाट मात्र निर्धारित लक्ष्य हासिल गर्न सकिने बताइन्।

नीति तथा कार्यक्रममा सुशासन तथा शासकीय प्रबन्ध, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, प्रविधिमा आधारित सुलभ स्वास्थ्य सेवा, वातावरण तथा सरसफाइ, राजस्व परिचालन, सहरी योजना, पूर्वाधार तथा सहरी विकास, सम्पदा, संस्कृति तथा पर्यटन, सञ्चार तथा सूचना प्रविधि तथा उपभोक्ता हितलगायतका क्षेत्र समेटिएका छन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  २ : ०४ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच