स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता « Khabarhub

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले आज शिष्टाचार भेटघाट गरे।

सो अवसरमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।  उनका अनुसार जर्मन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गरिरहेको पूर्वाधार निर्माणका साथै विभिन्न परियोजनामार्फत भएको सहयोगका लागि मन्त्री मेहताले प्रशंसा गरिन्। 

सो अवसरमा जर्मन सरकारका तर्फबाट राजदूत भोल्जले हालको परिस्थितिमा सरकारको प्राथमिकताका क्षेत्रमा अझ सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरे।  भेटघाटमा जर्मनका तर्फबाट केएफडब्ल्यु जिआइजेड र पिटीआई नेपालमा कार्यरत संस्थाका प्रमुख एवं प्रतिनिधिहरू सहभागी थिए।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  २ : १० बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष