गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे « Khabarhub

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

प्रादेशिक अस्पताल जलेश्वरका आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी रामउदित यादवका अनुसार अहिले यस अस्पतालमा दैनिक रुपमा पाँच जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन् ।

जिल्लामा केही दिनदेखि अत्यधिक गर्मीका कारण विषरहित विभिन्न तथा विषालु प्रजातिका सर्पले हिँडिरहेका तथा खेतबारी काम गर्न पुगेका व्यक्तिलाई डस्ने क्रम बढ्दो छ । उपचारका लागि अस्पतालमा पुग्नेमध्ये बढी बिरामी विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको उनले जानकारी दिए। 

महोत्तरीमा विषरहित ढोरिया र हरहरा तथा विषालु सबैभन्दा बढी  करेत र गोमन कम्पहरू बढी पाइने गरेको छ । गत वैशाख महिना मात्रै २३ जना सर्पले डसेका बिरामी उपचारका लागि अस्पताल पुगेकामा जेठमा त्यो सङ्ख्या बढेर ५६ जना पुगेको छ ।

महोत्तरीका १० वटै नगरपालिका र पाँच गाउँपालिकामा गर्मीयाममा सर्पको जोखिम रहेको छ । अस्पतालमा सीमापारी भारतको विभिन्न ठाउँठाउँबाट पनि बिरामी उपचारको लागि आउने गरेको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनका अनुसार सर्पले डसेको बिरामीलाई दिइने एन्टिभेनम (औषधि) पर्याप्त मात्रामा रहेकाले उपचारमा समस्या भने रहेको छैन ।

अस्पतालमा आइसीयु कक्ष नरहेकाले विषालु सर्पले डसेर आउने उच्च जोखिमका बिरामीलाई थप उपचार गर्न अन्य अस्पतालबाट रेफर गर्नुपर्ने बाध्यता भने रहेको देखिन्छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ३ : २२ बजे

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण