अर्थसंक्षेप : प्रदेशहरूले धमाधम बजेट ल्याउँदै, राष्ट्रियसभामा ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न, नेप्से १२ अंकले घट्यो, अमेरिका-इरान सम्झौतापछि एसियाली बजारमा उछाल र कच्चा तेलको मूल्यमा भारी गिरावट « Khabarhub

अर्थसंक्षेप : प्रदेशहरूले धमाधम बजेट ल्याउँदै, राष्ट्रियसभामा ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न, नेप्से १२ अंकले घट्यो, अमेरिका-इरान सम्झौतापछि एसियाली बजारमा उछाल र कच्चा तेलको मूल्यमा भारी गिरावट


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिम मामिला मन्त्री जितबहादुर शेरचनले सोमबार प्रदेश सभामा सो आकारको बजेट प्रस्तुत गरेका हुन् ।

कुल विनियोजनमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात् ३८.५६ प्रतिशत र पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार अर्थात् ६०.६८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २५ करोड अर्थात् कुल विनियोजनको ०.७६ प्रतिशत रहेको उनले बताए । चालु खर्च चालु आर्थिक वर्षको तुलनामा १ प्रतिशत कम भएको मन्त्री शेरचनले बताए ।

प्रदेश बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट समानीकरण अनुदानस्वरूप ७ अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख, ससर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख र विशेष अनुदानमार्फत ३९ करोड ५४ लाख प्राप्त हुने अनुमान रहेको बजेटमा उल्लेख छ ।

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

यस्तो छ मधेश प्रदेशको बजेट (पूर्णपाठ)

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

केरा, खर्बुजा र काँक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिने सदस्यले बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा सम्बन्धित विषयमा प्रश्न उठाएका छन् ।

उनीहरूले बजेट कार्यान्वयन क्षमता, बढ्दो ऋणभार, कर नीतिमा देखिएका विवाद तथा रोजगारी सिर्जनाका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

नेप्से परिसूचक १२ अंकले घट्यो

ताप्लेजुङमा अलैँची महोत्सव हुने

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ७ : ०५ बजे

‘सरप्राइज गिफ्ट’ मार्फत प्रविनाको व्यावसायिक उडान : जिरो लगानी, लाख कमाइ

कांग्रेस सभापति गगन थापाले एउटी किशोरीसँग उनको ‘स्टार्टअप बिजनेस’ को

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५

ट्राफिक प्रहरीबाट एकै दिन दुई हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक्रै दिन दुई हजार १७६ जना सवारीचालक

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका