संसद्‍मा विपक्षीको विरोध कायमै « Khabarhub

संसद्‍मा विपक्षीको विरोध कायमै


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन् ।

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउनुपर्ने माग राख्दै निरन्तर विरोधमा रहेका विपक्षी दलका सांसदहरूले बुधबार पनि संसद् बैठक सुरु हुने बित्तिकै उठेर विरोध जनाएका थिए ।

विपक्षी दलका सांसदले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस सांसद गीता गुरुङलाई बोल्न समय दिएका थिए ।

सांसद गुरुङले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर सांसदहरूका प्रश्नको जबाफ दिन सभामुखमार्फत रुलिङको माग गरिन् ।

उनले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बनेका व्यक्तिबाट देशका युवाहरूले ठूलो आशा राखेको, तर पुरानो राजनीतिक शैलीभन्दा फरक नेतृत्व दिन नसक्दा त्यो आशा बिस्तारै निराशामा बदलिँदै गएको उनले बताइन् । उनले प्रश्न उठ्दा स्टण्टले छोपेर विषयान्तर गर्ने शैली अब पुरानो भइसकेको टिप्पणी गरिन् ।  

सांसद गुरुङले सुकुम्वासीहरूलाई स्थानान्तरण गर्ने नाममा विना तयारी डुबान क्षेत्रमा राखिएको र सरकारको अव्यवहारिक नीतिका कारण ९ जनाको मृत्यु भइसकेको उल्लेख गरिन् । 

त्यस्तै अन्य विपक्षी दलका सांसदहरूले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति सच्चाउनुपर्ने माग कायमै रहेको जनाएका छन् । 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  २ : ०४ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी