फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित « Khabarhub

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै तरकारी उत्पादन गर्दै परिवारको पोषण सुधार र आत्मनिर्भरताको यात्रामा अघि बढिरहेका छन् । 

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) अन्तर्गत सञ्चालित घरबारी पोषण बगैँचा कार्यक्रमले यहाँका १७ जना महिलालाई संगठित गर्दै उत्पादनमुखी र पोषणमैत्री जीवनशैली अपनाउन प्रेरित गरेको हो।

पहिले बजारमा निर्भर रहने महिलाहरू अहिले आफ्नै घरबारीमा मौसमी तथा पोषिलो तरकारी उत्पादन गर्न थालेका छन् । 

घरमा उत्पादन भएका ताजा तरकारीको नियमित प्रयोगसँगै रैथाने खाद्य परिकारलाई प्राथमिकता दिन थालिएको छ । प्रत्येक घरमा पोषणसम्बन्धी सन्देश, सन्तुलित आहारका जानकारीमूलक बोर्ड तथा तरकारी बगैँचाले कार्यक्रमको प्रभाव स्पष्ट देखिन्छ ।

फ्यानसेपले वैतेश्वर गाउँपालिकामा १० वटा समूहमार्फत साना योजनाको रुपमा एक समूह बराबर पाँच लाख रुपैयाँ बराबरको घरबारी पोषण बगैँचा विस्तार तथा पोषण सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

सानो लगानी भए पनि कार्यक्रमले महिलामा आत्मविश्वास, उत्पादन क्षमता र पोषणप्रतिको चेतना उल्लेखनीय रूपमा बढाएको कार्की टोल स्थित उत्कृष्ट पोषण सुधार समूहकी सचिव मालती मिजारले बताइन ।

फ्यानसेपका पशुपालन उत्पादन विशेषज्ञ कृष्णबहादुर लामिछानेका अनुसार संस्थाले विगत दुई वर्षदेखि वैतेश्वर र मेलुङ गाउँपालिकामा कृषि, पशुपालन तथा पोषण सुधारको क्षेत्रमा  कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल वैतेश्वरमा ११६ वटा र मेलुङमा १०४ वटा समूहमार्फत विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् ।

अनुगमनबाट प्रभावकारी देखियो कार्यक्रम

कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधि तथा पत्रकारहरूले दुवै गाउँपालिकामा स्थलगत अनुगमन गरेका थिए । 

अनुगमनका क्रममा घरबारी बगैँचा, पोषण सुधार तथा स्थानीय समुदायमा देखिएको व्यवहार परिवर्तनलाई सकारात्मक उपलब्धिका रूपमा लिइएको सहभागीहरूले बताएका छन् ।

वैतेश्वर गाउँपालिकाका पोषण प्राविधिक शिवहरि सेढाईका अनुसार फ्यानसेपले वैतेश्वरमा कृषि तर्फ ४३, पशुपालन तर्फ ३७ र पोषण तर्फ ३६ गरी ११६ वटा समूहलाई साना तथा पूरक आयोजनामार्फत अनुदान प्रदान गर्दै आएको छ । 

त्यस्तै मेलुङ गाउँपालिकामा कृषि तर्फ ४३, पशुपालन तर्फ ३१ र पोषण तर्फ ३० गरी १०४ वटा समूहमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

स्थानीयस्तरमै उत्पादन, पोषण र स्वास्थ्यलाई जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको घरबारी पोषण बगैँचा कार्यक्रम, गोठ सुधार तथा दुग्ध पदार्थको उत्पादन वृद्धि पशु तथा बाख्रा पालन कार्यक्रममा अनुदान मासुजन्य वस्तुको उत्पादन वृद्धि, उन्नत जातको कोसे तथा डाले घाँसको बिरुवा उत्पादन र तरकारी तथा रैथाने बाली प्रवर्धनमा ग्रामीण स्थरका कृषक तथा महिलालाई आत्मनिर्भर बनाउनुका साथै परिवारको खाद्य सुरक्षा र पोषण अवस्थामा समेत सकारात्मक परिवर्तन ल्याएको सरोकारवालाले बताएका छन् । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : ५७ बजे

ट्रम्पको चेतावनी- अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुनेछ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा

अचानक कतार पुगे इरानी विदेशमन्त्री, अमेरिकासँग तनावबीच उच्चस्तरीय भ्रमण

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार पूर्वघोषणाबिनै कतारको राजधानी दोहा

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक पोखरामा

काठमाडौं– नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप

संसद् दुई साताका लागि स्थगित, साउन १४ गते बस्ने

काठमाडौं – प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ।

सुकुम्वासी पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं – सुकुम्वासी बस्ती भत्काइएको विषयलाई लिएर संसदमा जरुरी सार्वजनिक