सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत  « Khabarhub

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी शासनभन्दा व्यक्तिवादी शैली हाबी भएको टिप्पणी गरेका छन् । 

सुशासनलाई मुख्य एजेन्डा बनाएको सरकार व्यवहारमा कानुनको अक्षरशः पालना गर्न चुकेको उनले बताएका हुन् । 

‘सुशासन भनेको कानुनको अक्षरशः पालना गर्नु हो । अहिलेको सरकार कानुनलाई एकातिर राखेर आफूले जे गरिरहेको छ त्यही नै सुशासन हो भन्नेमा छ,’ उनले थपे, ‘कानुनभन्दा माथि व्यक्ति रहने प्रवृत्तिले संविधान र लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउँछ,’ । 

सरकारको पहिलो सुशासन भएपछि पहिलो प्राथमिकता कानुनी शासनलाई व्यवहारमै कार्यान्वयन गर्नु हुनुपर्नेमा सरकार चुकेको उनको भनाइ छ ।

बजेट र नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै महतले सरकारले पूरा गर्न नसकिने सपना बाँडेको आरोप लगाए । उनका अनुसार अवास्तविक प्रतिबद्धताले अन्ततः नागरिकमा निराशा र सरकारप्रतिको अविश्वास बढाउँछ ।

‘सरकारले आगामी आर्थिक वर्षका लागि सात प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको  छ जुन खासै पुरा हुने देखिँदैन,।’ 

ठूला सपना देखाउनेभन्दा पूरा गर्न सकिने लक्ष्य राखेर शतप्रतिशत कार्यान्वयन गरे मात्रै सरकारप्रति नागरिकको विश्वास बढ्ने उनले सुझाए ।

उनले अहिलेको बजेटमा व्यवहारिकताको कमी रहेको र कतिपय अभिव्यक्तिमा यथार्थभन्दा बढी अहंकार झल्किएको टिप्पणी गरे । साथै, नीति तथा कार्यक्रममा तल्लो तथा निम्न-मध्यम वर्गलाई अपेक्षाकृत बेवास्ता गरिएको उनको आरोप छ ।

‘लगानीकर्तालाई प्रोत्साहन आवश्यक छ, तर त्यससँगै तल्लो वर्गलाई पनि राज्यले निरन्तर संरक्षण गर्नुपर्छ,’ उनले प्रष्ट पार्दै भने ।

महतले नेपालको गरिबी २०४६ सालतिर करिब ५० प्रतिशतबाट अहिले २१ प्रतिशतमा झर्नु, औसत आयु ५४ वर्षबाट ७१ वर्ष पुग्नु विगतको सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा गरिएको राज्यको लगानीको परिणाम भएको बताए ।

उनले विगतका सरकारका कमजोरी स्वीकार गर्दै सुधार गर्नुपर्ने आवश्यकता औँल्याए पनि अघिल्ला सबै कामलाई अस्वीकार गरेर आफूहरू मात्रै सही भएको दाबी गर्ने प्रवृत्तिले देशलाई अगाडि नबढाउने धारणा व्यक्त गरे ।

‘अहिलेसम्म सबै गलत थियो, अब हामी मात्रै सही छौँ भन्ने सोचले कुनै पनि देश वा पार्टी,  संस्था अगाडि बढ्दैन । विगतका सकारात्मक पक्ष स्वीकार गर्दै कमजोरी सुधारेर अघि बढ्नुपर्छ,’ उनले सुझाए । 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ६ : ११ बजे

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी