सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री  « Khabarhub

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यलाई थप प्रभावकारी बनाउन चाहेको बताएका छन्।

नेपाल र युएनडीपीबीच विकास सहकार्य सुरु भएको ६०औँ वर्षगाँठका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले विगत ६ दशकदेखि गरिबी निवारण, असमानता न्यूनीकरण, शिक्षा, स्वास्थ्य, दिगो विकास, वातावरण संरक्षण, लोकतन्त्र सुदृढीकरण, युवा सशक्तीकरण र डिजिटल रूपान्तरणलगायत क्षेत्रमा युएनडीपीले पुर्‍याएको योगदानको प्रशंसा गरे।

अर्थमन्त्री वाग्लेले विकास सहकार्यलाई केवल लगानीको दृष्टिले मात्र नभई अन्तरदेशीय सहकार्य, साझेदारी र समन्वयको महत्वपूर्ण माध्यमका रूपमा हेर्नुपर्ने बताउँदै आगामी दिनमा पनि नेपाल–युएनडीपी सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उनले ६० वर्ष पुगेको साझेदारी १०० वर्षसम्म निरन्तर रहोस् भन्ने शुभकामना पनि व्यक्त गरे ।

उनले आफूले पनि जीवनको महत्वपूर्ण समय युएनडीपीसँग बिताएको स्मरण गर्दै संस्थाप्रति आभार व्यक्त गरे।

कार्यक्रममा अर्थमन्त्री वाग्लेले युएनडीपीले नेपालमा गरेका कार्यहरूको तस्बिरसहित समेटिएको ‘६० वर्षको सहयात्रा’ नामक फोटो पुस्तक पनि सार्वजनिक गरे।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ६ : ४६ बजे

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि