बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु « Khabarhub

बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ढाका – बङ्गलादेशमा जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग दुर्घटनामा परी ५१३ जनाको मृत्यु भएको छ भने एक हजार ३३६ जना घाइते भएका छन् ।

मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार, उक्त अवधिमा देशभर कुल ५९० वटा दुर्घटना भएका थिए । यात्रु कल्याण संस्था ‘बङ्गलादेश यात्री कल्याण समिति’का अनुसार जुन महिनामा भएका ५३२ वटा सडक दुर्घटनामा ४६३ जनाको मृत्यु र एक हजार ३२३ जना घाइते भएका छन् ।

त्यस्तै, ५३ वटा रेल दुर्घटनामा ४५ जनाको मृत्यु र आठ जना घाइते भएका छन् भने पाँच वटा जलमार्ग दुर्घटनामा पाँच जनाको मृत्यु र पाँच जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले सडक दुर्घटनाका प्रमुख नौ कारण पहिचान गरेको छ । जसमा मनसुनका कारण सडकमा खाल्डाखुल्डी बढ्नु, सडक पूर्वाधारको कमजोरी, डिभाइडर तथा सङ्केत चिह्नको अभाव, मर्मतसम्भार नभएका वा असुरक्षित सवारीसाधनको प्रयोग, लापरबाहीपूर्ण सवारी सञ्चालन तथा राजमार्गमा ब्याट्रीबाट चल्ने रिक्साजस्ता अनधिकृत सवारीसाधनको प्रयोग रहेका छन् ।

संस्थाले सडक सुरक्षाका लागि पूर्वाधार सुधार, सवारीसाधनको नियमित अनुगमन तथा यातायात नियमको कडाइका साथ कार्यान्वयन गर्न आवश्यक रहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ८ : २७ बजे

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा