भारतीय नौसेनामा आईएनएस महेन्द्रगिरी तैनाथ « Khabarhub

भारतीय नौसेनामा आईएनएस महेन्द्रगिरी तैनाथ


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय नौसेनाले आफ्नो पूर्वी फ्लीटमा स्वदेशमै निर्मित अत्याधुनिक स्टेल्थ फ्रिगेट आईएनएस महेन्द्रगिरीलाई समावेश गरेको छ । आन्ध्र प्रदेशको विशाखापट्टनममा आयोजित एक विशेष समारोहकाबीच भारतका रक्षामन्त्री राजनाथ सिंहले उक्त युद्धपोतलाई नौसेनामा औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले यो युद्धपोतलाई भारतको बढ्दो आत्मनिर्भरताको प्रतीकको संज्ञा दिए । उत्कृष्ट डिजाइन क्षमता, उत्पादनको उच्च गुणस्तर र समयमै अत्याधुनिक प्लेटफर्महरू उपलब्ध गराउने क्षमताले भारतीय नौसेनाको औद्योगिक इकोसिस्टमको तीव्र विकासलाई दर्शाएको उनले बताए । आईएनएस महेन्द्रगिरी पछिल्लो डेढ वर्षको अवधिमा भारतीय नौसेनामा समाहित गरिएको छैटौँ प्रोजेक्ट १७ए स्वदेशी स्टेल्थ फ्रिगेट हो ।

यस श्रृङ्खलाको पहिलो जहाज ‘आईएनएस निलगिरी’ सन् २०२५ को जनवरीमा कमिसन गरिएको थियो भने त्यसपछि अगस्टमा ‘आईएनएस उदयगिरी’ र ‘आईएनएस हिमगिरी’, यसै वर्षको अप्रिलमा ‘आईएनएस तारागिरी’ र गत महिना ‘आईएनएस दूनगिरी’ लाई सामेल गरिएको थियो ।

भारतीय नौसेनाको वारसिप डिजाइन ब्यूरोद्वारा डिजाइन गरिएको र मुम्बईस्थित माजगाउँ डक शिपबिल्डर्स लिमिटेडद्वारा निर्मित यो युद्धपोतले फ्लीट एयर डिफेन्स, एन्टि-सर्फेस वारफेयर, एन्टि-सबमरीन वारफेयर, समुद्री निगरानी र मानवीय सहायता तथा आपतकालीन राहतसहितका सम्पूर्ण समुद्री अपरेसनहरू सञ्चालन गर्न सक्षम रहेको छ । ७५ प्रतिशतभन्दा बढी स्वदेशी सामग्री प्रयोग गरिएको यस युद्धपोतको विस्थापन क्षमता करिब ६,६७० टन रहेको छ भने यसले २८ नटसम्मको गति लिन सक्ने क्षमता राख्छ ।

यस युद्धपोतमा सुपरसोनिक क्षेप्यास्त्र, मध्यम दूरीको सतहबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र, एन्टि-सबमरीन क्षमता, बहु-उद्देश्यीय हेलिकप्टरका साथै अत्याधुनिक स्टेल्थ विशेषताहरू, आधुनिक सेन्सरहरू र अत्याधुनिक हतियार सुइटहरू जडान गरिएका छन् । विश्वको सबैभन्दा छिटो र घातक क्रुज क्षेप्यास्त्र मानिने ब्रह्मोस क्षेप्यास्त्रसमेत यसमा जडान गर्न सकिने रक्षामन्त्री सिंहले जानकारी दिए । यसबाहेक मल्टि-फंक्शन रेडार, स्वदेशी रकेट लन्चर, टर्पेडो लन्चर, एकीकृत एन्टि-सबमरीन डिफेन्स सिस्टम र इलेक्ट्रोनिक वारफेयर सुइटजस्ता सुविधाहरूले यसलाई अत्यन्तै शक्तिशाली र लचिलो युद्धपोत बनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ३ : २६ बजे

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका