पाकिस्तानमा गम्भीर संकट उत्पन्न हुने खतरा « Khabarhub

पाकिस्तानमा गम्भीर संकट उत्पन्न हुने खतरा


३२ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद: पाकिस्तानमा वर्षौंदेखिको कमजोर जल व्यवस्थापनका कारण गम्भीर संकट उत्पन्न हुने खतरा बढेको छ । विशेषज्ञहरूका अनुसार हरेक वर्ष अर्बौं ग्यालन वर्षाको पानी जमिनमुनि रिस-एर भण्डार बढाउनुको सट्टा ढल र नदीहरूमा खेर गइरहेको द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ।

विशेषज्ञहरूले पञ्जाबको भूमिगत जलस्तर डरलाग्दो गतिले घटिरहेको चेतावनी दिएका छन् । अनियन्त्रित सहरीकरण, अत्यधिक मात्रामा भूमिगत पानीको दोहन, सिमेन्टका संरचनाहरूको विस्तार र बढ्दो जल मागका कारण लाहोरको जलस्तरमा निरन्तर गिरावट आएको छ । पञ्जाब विश्वविद्यालयका जल स्रोत विशेषज्ञ मुहम्मद यासिनका अनुसार लाहोरमा भूमिगत जलस्तर बर्सेनि करिब एकदेखि डेढ मिटरसम्म घटिरहेको छ ।

तीव्र निर्माण कार्यले सहरको प्राकृतिक रूपमा पानी सोस्ने क्षमतालाई घटाएको छ । उनले वर्षाको पानी संकलन गर्ने इनार, फिल्ट्रेसन पिट, बायोस्केल र इन्फिल्ट्रेशन प्रणालीजस्ता प्रविधिहरू अपनाएमा भूमिगत पानी पुनर्भरण गर्न र भारी वर्षाका बेला सहरी बाढीको समस्या कम गर्न सकिने बताएका छन् ।

यसैबीच, पञ्जाब विश्वविद्यालय र डब्लूडब्ल्यूएफ-पाकिस्तानले संयुक्त रूपमा वर्षाको पानी संकलन र भूमिगत जल पुनर्भरण परियोजना सुरु गरेका छन्। यो परियोजनाले छानो र सतहमा बग्ने पानीलाई प्रशोधन प्रणालीमार्फत छानेर पुनः जमिनमुनिको जलभण्डारमा पठाउने गर्दछ, जुन जल संरक्षणका लागि एक व्यावहारिक नमूना साबित भएको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  ३ : ३८ बजे

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा थापा नियुक्त

काठमाडाैं – सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

काठमाडौं – सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृतमा

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

ललितपुर – नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक

पाकिस्तानमा टीटीपीका दुई शङ्कास्पद सदस्य मारिए

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले गरेको कारबाहीमा