ब्रह्मपुत्रमा निर्माणाधीन विश्वकै ठूलो बाँधको सुरक्षाप्रति चिनियाँ वैज्ञानिक नै चिन्तित « Khabarhub

ब्रह्मपुत्रमा निर्माणाधीन विश्वकै ठूलो बाँधको सुरक्षाप्रति चिनियाँ वैज्ञानिक नै चिन्तित


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिब्बतस्थित यारुलुङ त्साङपो (ब्रह्मपुत्र) नदीमा निर्माण भइरहेको विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध आयोजनाको सुरक्षामाथि चीनकै वैज्ञानिकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । भारतको सीमानाभन्दा करिब ५० किलोमिटर मात्र टाढा तीव्र गतिमा अघि बढाइएको यस परियोजनामुनि सक्रिय फल्ट लाइन रहेको चिनियाँ भूगर्भशास्त्रीहरूले पत्ता लगाएका छन् ।

चिनियाँ भाषाको जर्नल ‘सेडिमेन्टरी जियोलोजी एन्ड थेथियन जियोलोजी’ मा गत महिना प्रकाशित र राज्यद्वारा सञ्चालित ‘चाइना जियोलजिकल सर्भे’ को निगरानीमा तयार पारिएको शोधपत्रमा यो तथ्य बाहिर आएको हो । चेङ्दु युनिभर्सिटी अफ टेक्नोलोजी र चाइना जियोलजिकल सर्भेका भूगर्भशास्त्रीहरू सम्मिलित टोलीले पूर्वी हिमालय क्षेत्रको यस भूभागमा रहेको पृथ्वीको खण्डले उक्त विशाल जलविद्युत परियोजनाको संरचनात्मक अखण्डतामा ठूलो असर पार्ने चेतावनी दिएको छ ।

शोधकर्ताहरूले परियोजना नै खारेज गर्न सिफारिस त गरेका छैनन्, तर सम्भावित जोखिमहरू न्यूनीकरण गर्न सुरक्षा उपायहरू कडा पार्न ईन्जिनियरहरूलाई आग्रह गरेका छन् । उनीहरूले भूस्खलन र पहिरोको जोखिम कम गर्न ढिसको स्थिरता बलियो बनाउनुपर्ने र आवश्यक पर्खालहरू निर्माण गर्नुपर्ने उल्लेख गरेका छन् ।

हिमकालदेखि नै अत्यधिक सक्रिय रहेको ‘पैचेन फल्ट’ ले बाँध, सडक, पुल र सुरुङलगायत नजिकैका संरचनाहरूको निर्माण र संरचनात्मक स्थिरतामा ठूलो प्रभाव पार्ने शोधकर्ताहरूको निष्कर्ष छ। यस सक्रिय फल्टले वरपरका चट्टानहरूलाई कमजोर बनाएको र तिनको भौतिक गुण परिवर्तन गरेको कारण नजिकैका ईञ्जिनियरिङ् संरचनाहरूको भार थाम्न सक्ने क्षमता तथा स्थिरतामा क्षति पुग्ने सम्भावना बढी हुन्छ।

पैचेन क्षेत्र यारुलुङ त्साङपो तल्लो तटीय जलविद्युत स्टेसनको जलाशय क्षेत्रभित्रै पर्दछ । त्यहाँको भूबनोट खुकुलो र कमजोर भएको तथा दीर्घकालीन पानीको डुबान, फल्टको सक्रियता र भूकम्पको प्रभावले जलाशय क्षेत्रका दुवैतर्फका पाखामा पहिरो जानसक्ने अति उच्च जोखिम रहेको वैज्ञानिकहरूले औँल्याएका छन् ।

हिमालयन सिस्मिक बेल्ट चीन र छिमेकी क्षेत्रहरूमा सबैभन्दा बलियो र बारम्बार भूकम्प जाने क्षेत्र हो भन्दै यस टोलीले यारुलुङ त्साङपोको किनारमा शक्तिशाली भूकम्पीय क्षेत्र बनेको चेतावनी दिएको छ । भारतीय र युरेसियन टेक्टोनिक प्लेटहरूको टकराहटबाट बनेको पूर्वी हिमालय क्षेत्रको टेक्टोनिक भाँचहरूको सञ्जालमा पैचेन फल्ट पनि पर्दछ । यसको आधुनिक भूकम्पीय सम्भावनाको प्रमाणस्वरूप तिब्बतको मिलिनमा सन् २०१७ मा गएको ६.९ म्याग्निच्युडको भूकम्पलाई वैज्ञानिकहरूले औँल्याएका छन् ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ४ : १८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको