भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो « Khabarhub

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । 

सार्वजनिक विवरणअनुसार साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत मुद्दती दुवैतर्फको औसत ब्याजदरमा केही गिरावट आएको छ ।

तथ्यांकअनुसार, वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर साउनमा ४.१७ प्रतिशत रहेकोमा भदौमा ०.०४ प्रतिशत बिन्दुले घटेर ४.१३ प्रतिशत कायम भएको छ । 

त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर पनि साउनको ३.१२ प्रतिशतबाट घटेर भदौमा ३.०८ प्रतिशतमा झरेको छ ।

भदौ महिनाका लागि व्यक्तिगत ब्याजदरतर्फ सबैभन्दा धेरै सिद्धार्थ बैंकले ०.२९ प्रतिशत बिन्दुले घटाएर ३.७६ प्रतिशत कायम गरेको छ । 

त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ ।

साउनको तुलनामा भदौका लागि व्यक्तिगत मुद्दतीतर्फको ब्याजदरमा सिटिजन्सले ०.१ प्रतिशत, कुमारीले ०.०९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डले ०.०५ प्रतिशत बिन्दुले घटाएका छन् । त्यस्तै, सिद्धार्थले संस्थागत ब्याजदर ३.२५ प्रतिशतबाट घटाएर ३.०५ प्रतिशत कायम गरेको छ ।

भदौ महिनाका लागि १४ वटा बैंकहरूले भने व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर स्थिर राखेका छन् । त्यस्तै, १८ वटा वाणिज्य बैंकले संस्थागत मुद्दतीतर्फको ब्याजदर स्थिर राखेको तथ्यांकले देखाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १२ : ४३ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको