महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान « Khabarhub

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको छ ।

गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत बङ्गुरका पाठापाठी तथा खोर निर्माणमा ५० प्रतिशत अनुदान पाएपछि महिला व्यावसायिक बङ्गुरपालनमा जुटेका हुन् ।

पौवादुङमा गाउँपालिका–४ बास्तिमकी बर्तमाया राईले गाउँपालिकाको सहयोगमा खोर निर्माणसँगै उन्नत जातका बङ्गुरका पाठापाठी पाएपछि व्यावसायिक रूपमा बङ्गुरपालन थालेको बताइन् । हाल उनले उन्नत जातका १० वटा बङ्गुरका पाठापाठीबाट व्यवसाय सुरु गरेकी छिन् ।

अनुदान पाएपछि स्थानीय किसानमा पशुपालनतर्फको आकर्षणसमेत बढेको छ । पशुपालन सुरु गर्न आवश्यक प्रारम्भिक लगानी प्राप्त हुँदा व्यवसाय सञ्चालन गर्न सहज भएको सोही पालिकाका जयमारानी राईले बताइन् । अनुदानले किसानलाई आफ्नै लगानीमा मात्र निर्भर हुनुपर्ने अवस्था कम गर्नुका साथै व्यावसायिक पशुपालनतर्फ अघि बढ्न प्रेरित गरेको उनको भनाइ छ ।

पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत वडा नम्बर ४, ५ र ६ का किसानलाई बङ्गुरपालनका लागि अनुदान दिइएको बताए । ‘महिलालाई उद्यमशील बनाउँदै आयआर्जनसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ,’ उनले भने ।

गाउँपालिकाले गत आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी किसानको ५० प्रतिशत लागत साझेदारीमा ६० लाख बराबरका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यक्रममार्फत २० वटा बङ्गुर र एउटा बाख्रा फर्मलाई अनुदान दिइएको थियो ।

गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय आवश्यकता र किसानको मागका आधारमा पशुपालन तथा कृषिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन पशुपालन तथा कृषिमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरिन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ७ : ५९ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६