किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ « Khabarhub

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको कामलाई प्रभावकारी बनाउन स्थानीय किसानसँग सुझाव सङ्कलन गरेको छ ।

आयोजनाले पूर्वी नहर प्रणालीअन्तर्गत पर्ने राजकुलो शाखा, उपशाखा तथा प्रशाखा नहरबाट सिँचाइ सुविधा लिइरहेका र भविष्यमा लिने सोच बनाएका किसान तथा सरोकारवालालाई लक्षित गरी मङ्गलवार राप्ती सोनारी गाउँपालिका–३ बैजापुरमा गुनासो सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा आयोजनाका निर्देशक राजु आचार्यले किसानका समस्या तथा गुनासो सुनुवाइ गरेका थिए । आयोजनाले जनताको राय सुझाव सङ्कलन गर्दै निर्माणलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गुनासो सुनुवाई कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

आयोजना निर्देशक आचार्यले भने, आयोजना किसानका लागि हो, भइरहेको कामप्रति किसानको राय बुझ्न गुनासो सुनुवाइ कार्यक्रम गरिरहेका छौँं ।’ उनका अनुसार, यसअघि सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर अन्तर्गतका चार शाखा नहरमा गुनासो सुनवाइ तथा सुझाव सङ्कलन भइसकेको छ । अब पूर्वी नहरका बाँकी शाखा अन्तर्गतका किसानमाझ पनि गुनासो सुनुवाइ गरिने छ ।

दुई तीन वर्षभित्रै शाखा, उपशाखा नहर निर्माणको काम सम्पन्न गर्ने गरी आयोजनाले किसानको राय–सुझाव सङ्कलन गरिरहेको उनको भनाइ छ । मङ्गलबार राप्ती सोनारी–३ बैजापुरमा आयोजित कार्यक्रममा किसानले विना अवरोध आफूहरुले सिँचाइ पानी पाउनुपर्ने बताए ।

स्थानीयवासीसमेत रहेका संविधानसभा सदस्य पट्टु थारूले सरोकारवाला किसानसँग छलफल गरेर आयोजनाले काम अगाडि बढाउनु सकारात्मक भएको बताए । राप्ती सोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरी, सिँचाइ महासङ्घ बाँकेका पूर्वअध्यक्ष शालिकराम डाँगीले किसानले सहज रुपमा सिँचाइ सुविधा पाउनुपर्नेमा जोड दिए ।

आयोजना निर्देशक आचार्यका अनुसार हालसम्म आयोजनाको ५१ प्रतिशत भौतिक प्रगति भएको छ । हालसम्म पूर्वाधार निर्माणतर्फ २४ अर्ब खर्च भइसकेको छ ।

आर्थिक वर्ष २०६२–६३ मा सुरु भएको यो आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर भूमिमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।

नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको यो आयोजनाको पश्चिम मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । हाल २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको आयोजना निर्देशक आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ७ : ४२ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले