वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ बस्ने तेह्रथुम घर भएका ३५ वर्षीय नगेन्द्र भेटवाल, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने बर्दिया घर भएका ४४ वर्षीय समुन्द्र बहादुर थापा र कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने पाँचथर घर भएका ४४ वर्षीय कुमार खतिवडा रहेका छन् । 

पक्राउ मध्ये नगेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, समुन्द्रले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ र कुमारले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नगेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-५ बाट सोमबार तथा समुन्द्रलाई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका-९ बाट र कुमारलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बाट मंगलबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  १ : ५१ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६