सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ « Khabarhub

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप, रामेछाप नगरपालिका-१ घर भएका २३ वर्षीय दिपेश मग्रान्तीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१० स्थित एक घरबाट सुनका विभिन्न गरगहना सोमबार बिहान चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१० बानेश्वरबाट पक्राउ गरेको हो । 

साथै प्रहरीले उनको साथबाट करिब १ सय ३८ ग्राम ६ सय १० मिलिग्राम तौल बराबरको सुनका विभिन्न गरगहना समेत बरामद गरेको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  १ : ५३ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६