भारत र अष्ट्रेलियाले साइबर सुरक्षा, नवीन प्रविधि र आपूर्ति चक्रको सुदृढीकरणमा सहकार्य बढाउने « Khabarhub

भारत र अष्ट्रेलियाले साइबर सुरक्षा, नवीन प्रविधि र आपूर्ति चक्रको सुदृढीकरणमा सहकार्य बढाउने


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र अष्ट्रेलियाले साइबर सुरक्षा, नवीन प्रविधि र आपूर्ति चक्रको सुदृढीकरणमा सहकार्य थप गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । दुई देशबीच हालै स्थापित द्विपक्षीय साझेदारीलाई कार्यान्वयन गर्ने सन्दर्भमा भएको उच्चस्तरीय अधिकारीहरूको बैठकमार्फत यो प्रतिबद्धता दोहोर्याइएको हो।

अष्ट्रेलिया भ्रमणका क्रममा भारतको विदेश मन्त्रालयका साइबर कूटनीतिसम्बन्धी संयुक्त सचिव अमित शुक्ल र अष्ट्रेलियाका साइबर मामिला तथा नवीन प्रविधि दूत जेसिका हन्टरबीच भेटवार्ता भएको थियो। सो अवसरमा उनीहरूले साइबर र नवीन प्रविधिका क्षेत्रमा दुई देशबीचको लामो समयदेखिको साझेदारीमाथि छलफल गर्दै ‘साइबर, नवीन प्रविधि र आपूर्ति चक्रसम्बन्धी अष्ट्रेलिया-भारत साझेदारी’ (प्याक्ट्स) लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा विचार विमर्श गरेका थिए।

भ्रमणकै क्रममा शुक्लले क्यान्बेरास्थित अष्ट्रेलियन स्ट्रेटिक पोलिसी इन्ष्टिट्युटद्वारा आयोजित एआई मास्टरक्लासमा पनि भाग लिएका थिए। उनले इन्डो-प्यासिफिक क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबारे आयोजित प्यानल छलफलमा सहभागिता जनाएका थिए।

गत जुलाई ९, २०२६ मा मेलबर्नमा सम्पन्न तेस्रो अष्ट्रेलिया-भारत वार्षिक शिखर सम्मेलनका दौरान अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्याक्ट्स फ्रेमवर्कको घोषणा गरेका थिए । यस नयाँ फ्रेमवर्कले सन् २०२० को ‘साइबर र साइबर समर्थित नवीन प्रविधि सहकार्यसम्बन्धी फ्रेमवर्क व्यवस्था’ लाई प्रतिस्थापन गर्दै द्विपक्षीय सहयोगको दायरालाई फराकिलो बनाएको छ। डिजिटल, आर्थिक र राष्ट्रिय सुरक्षाका चुनौतीहरूको सामना गर्न यो साझेदारी महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्याक्ट्स अन्तर्गत दुई देशले राष्ट्रिय तथा क्षेत्रीय सुरक्षालाई मजबुत पार्ने, साझेदार राष्ट्रहरूलाई डिजिटल विकल्पहरू उपलब्ध गराउने, महत्वपूर्ण आपूर्ति चक्रको उत्थानशीलता बढाउने र विश्वव्यापी साइबर सुरक्षामा योगदान पुर्याउने लक्ष्य राखेका छन्। लोकतान्त्रिक मूल्यमान्यता र जिम्मेवार प्रविधि विकासलाई प्रवर्द्धन गर्दै सुरक्षित, भरपर्दो र समावेशी डिजिटल भविष्य निर्माण गर्न यो फ्रेमवर्क केन्द्रित रहेको छ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ३ : ३२ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७