दुबई पुग्यो डीडीसीको घिउ र याक चिज « Khabarhub

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेको छ ।

दशैँ र तिहारलाई लक्षित गरी नेपाली दुग्धजन्य उत्पादन दुबई पठाइएको हो । यसअघि परीक्षणका रूपमा पठाइएको एक हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि थप उत्पादन पठाइएको रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए ।

उनका अनुसार दुबईमा मातृभूमि जनरल ट्रेडिङ एलएलसीमार्फत सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसनस्थित तीन स्थानबाट नेपाली उत्पादन बिक्री हुँदै आएको छ ।

डीडीसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले बजारको माग र प्रतिक्रियाका आधारमा निर्यात विस्तार गर्ने योजना रहेको बताए । विदेशी बजारलाई लक्षित गरी घिउको प्याकेजिङमा नेपाली, अङ्ग्रेजी र अरबी भाषा प्रयोग गरिएको छ । डीडीसीले यसअघि पनि जापानलगायतका देशमा घिउ निर्यात गरेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ८ : ३८ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००