गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च « Khabarhub

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा महाधिवेशन प्रतिनिधिहरूले पार्टीका सर्वोच्च निकाय हुने व्याख्या गरेको छ।

शेरबहादुर देउवा नेतृत्वको चौधौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिले विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दिएको निवेदनलाई अस्वीकार गर्नु विधानविपरीत भएको व्याख्या पनि आयोगले गरेको छ।

शुक्रबार बसेको आयोगको बैठकले दुई दिनयता देउवा र गगन थापा पक्षको कुरा सुनेपछि यो निर्णय सुनाएको हो ।

आयोगले कांग्रेसको विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्न सक्ने कुरालाई ख्याल गरेको छ ।

आयोगले कांग्रेसमा असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले निवेदन दिएर विशेष महाधिवेशन माग गरेपछि कार्यसमितिले तीन महिनाभित्र गर्नैपर्ने बाध्यात्मक व्यवस्थालाई देउवा पक्षले अटेरी गरेको कुरालाई पनि निर्णयको आधार बनाएको छ।

देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत् विशेष महाधिवेशन नगरी आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेका थिए ।

आयोगले कांग्रेसको विधानबमोजिम महाधिवेशन प्रतिनिधिलाई नै पार्टीको सर्वोच्च प्रतिनिधिका रुपमा व्याख्या गरेको छ।

५४ प्रतिशत प्रतिनिधिले मागेको विशेष महाधिवेशनमा कसैको लिखित असहमति नभएको कुराको ख्याल गर्दै बिहीबार बिहान सकिएको विशेष महाधिवेशनलाई विधान बमोजिम भएको निष्कर्ष पनि सुनाएको छ।

तर आयोगको यो निर्णयलाई लिएर देउवा पक्षले आपत्ति जनाएको हो । देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोग अगाडि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उक्त निर्णय नमान्ने बताए ।

त्यस्तै देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको बताउँदै यो निर्णय मान्य नहुने बताए ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ८ : १३ बजे

नेपाललाई जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने

‘फ्री भिसा फ्री टिकटको व्यवस्थाले श्रमिक मारमा परे यसलाई पुनर्विचार गर्दै छौँ’ 

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐन

मन्त्रीले आफ्ना प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदले घेरे वेल 

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन् ।

‘नेपाल–बङ्गलादेश सहकार्यले समृद्धिमा टेवा पुग्छ’ 

काठमाडौं– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद

चिया निर्यातका समस्या समाधान गर्न कूटनीतिक माध्यमबाट पहल गरिरहेका छौँ : उद्योगमन्त्री 

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले चिया निर्यातमा देखिएको