ललितपुरमा २३ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिस « Khabarhub

ललितपुरमा २३ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिस


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरका तीनवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ७१ मध्ये २३ जना उम्मेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी हालसम्म २३ उम्मेदवारले सिफारिस लिएका हुन् ।

निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ । उक्त कार्यविधिअनुसार प्रत्येक राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचार खर्चका लागि छुट्टाछुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ ।

ललितपुर क्षेत्र नम्बर १ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये १२ स्वतन्त्र उम्मेदवार रहेका छन्, भने २५ पुरुष र तीन जना महिला उम्मेदवार छन् । ललितपुर क्षेत्र नम्बर २ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये सात जना स्वतन्त्र र १६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् । यस क्षेत्रमा दुई जना महिला उम्मेदवार रहेका छन् ।

त्यसैगरी ललितपुर क्षेत्र नम्बर ३ मा २३ जनाले उम्मेदवारी दर्ता गराएकोमा तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि हाल २० जना उम्मेदवार कायम रहेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ११ : ३६ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष