चितवनमा रेनुको चुनावी अभियान : नयाँलाई होइन, काम गरेर देखाइसकेकालाई रोजौँ « Khabarhub

चितवनमा रेनुको चुनावी अभियान : नयाँलाई होइन, काम गरेर देखाइसकेकालाई रोजौँ


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ को राजनीतिक माहोल तातिएको छ ।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालबीच कडा टक्कर हुने देखिएको छ।

काठमाडौं २ बाट झरेकी सोविताको चुनौती स्वीकार्दै रेनुले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन् ।

भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर दाहालले घरदैलो कार्यक्रममार्फत् स्थानीयका गुनासा, समस्या र सुझाव संकलन गर्दै विकासका एजेण्डासहित मत मागिरहेकी छन् ।

भरतपुर वडा नं. २६ लहुरेचोकबाट घरदैलो सुरू गर्दै वडाका सबै टोल पुगेर दाहालले मत मागिरहेकी छन् । उनले आफू नयाँ अनुहार नभई काम गरेर देखाइसकेको भएको भन्दै जनतासँग गरेको वाचा पूरा गरिछाड्ने बताएकी छन् ।

कृषि, पर्यटन र शिक्षाका मुद्दालाई जोडेर चितवनको विकास गर्ने आफ्नो एजेन्डा रहेको भन्दै उनले निकुञ्ज ऐनमा संशोधन गरि नयाँ ऐन ल्याउनुपर्ने उल्लेख गरिन् ।

दाहालले स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनलाई आफ्नो प्राथमिकतामा राखेकी छन् ।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ४ : १५ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष