चितवनमा रेनुको चुनावी अभियान : नयाँलाई होइन, काम गरेर देखाइसकेकालाई रोजौँ « Khabarhub

चितवनमा रेनुको चुनावी अभियान : नयाँलाई होइन, काम गरेर देखाइसकेकालाई रोजौँ


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ को राजनीतिक माहोल तातिएको छ ।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालबीच कडा टक्कर हुने देखिएको छ।

काठमाडौं २ बाट झरेकी सोविताको चुनौती स्वीकार्दै रेनुले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन् ।

भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर दाहालले घरदैलो कार्यक्रममार्फत् स्थानीयका गुनासा, समस्या र सुझाव संकलन गर्दै विकासका एजेण्डासहित मत मागिरहेकी छन् ।

भरतपुर वडा नं. २६ लहुरेचोकबाट घरदैलो सुरू गर्दै वडाका सबै टोल पुगेर दाहालले मत मागिरहेकी छन् । उनले आफू नयाँ अनुहार नभई काम गरेर देखाइसकेको भएको भन्दै जनतासँग गरेको वाचा पूरा गरिछाड्ने बताएकी छन् ।

कृषि, पर्यटन र शिक्षाका मुद्दालाई जोडेर चितवनको विकास गर्ने आफ्नो एजेन्डा रहेको भन्दै उनले निकुञ्ज ऐनमा संशोधन गरि नयाँ ऐन ल्याउनुपर्ने उल्लेख गरिन् ।

दाहालले स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनलाई आफ्नो प्राथमिकतामा राखेकी छन् ।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका उम्मेदवार विक्रम पाण्डे विजयी भएका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ४ : १५ बजे

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो