प्रमोद यादवका हत्यारा पक्रिन माग गर्दै काठमाडौंमा प्रदर्शन « Khabarhub

प्रमोद यादवका हत्यारा पक्रिन माग गर्दै काठमाडौंमा प्रदर्शन


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीको मलंगवा नगरपालिका–१० देवीटोलमा गोली प्रहारबाट हत्या भएका प्रमोद यादवको हत्यारालाई पक्राउ गर्न माग गर्दै उनका आफन्तहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

सिरहाको सुखीपुर नगरपालिका–६ निवासी यादवको अज्ञात समूहले हत्या गरेपछि दोषीलाई पक्राउ गर्दै कारबाहीको माग राखेर उनका आफन्तहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागी आफन्तजनहरूले हत्यारालाई कारबाही गर, पीडित परिवारलाई न्याय दे, मौन सरकार लाज किन, न्यायबिना शान्ति हुँदैन लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

मृतकका आफन्त दिलीप यादवले क्रिया बिदा सकेर कार्यालयमा कामका लागि मलंगवास्थीत डेरामा फर्किएपछि अज्ञात समूहले हत्या गरेको भन्दै दोषीलाई छिटो पक्रन माग गरे । प्रमोद यादवलाई डेराबाट बाहिर बोलाएर गोली प्रहार भएको उनले बताए । 

भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत जिल्ला पूर्वाधार विकास कार्यालय, सर्लाहीमा कार्यरत सब–इन्जिनियर प्रमोद यादवमाथि आइतबार राती गोली प्रहार भएको थियो ।

गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल मलंगवामा पुर्‍याइए पनि चिकित्सकले केही बेरमै मृत घोषणा गरेका थिए । 

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ६ : ०१ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर