कोराभित्र उम्मेदवार पिता, शोकबीचमा चुनावी घरदैलो गर्दैछन् छोरी « Khabarhub

कोराभित्र उम्मेदवार पिता, शोकबीचमा चुनावी घरदैलो गर्दैछन् छोरी


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङ क्षेत्र नं. ६ मा यतिबेला चुनावी माहोल तातेको छ । तर यो चुनावी दौडबीच नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालका लागि यो समय दोहोरो पीडाको क्षण बनेको छ ।

एकातर्फ १०१ वर्षमा दिवंगत बुवा विष्णुप्रसाद ढकालको वियोग, अर्कोतर्फ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको जिम्मेवारी ।

ढकाल हिन्दु संस्कारअनुसार १३ दिने काजकिरियामा बसेका छन् । घरभित्र धार्मिक विधि चलिरहँदा उनको मन भने मतदातामाझ पुग्न नसकेको पीडामा छ।

केही दिन अघिमात्रै कोराभित्रबाटै एक भिडियो सन्देशमार्फत् उनले मतदातालाई सम्बोधन गरे । ‘म शारीरिक रूपमा तपाईहरूको माझमा आउन नसके पनि मेरो मन तपाईहरूसगै छ । बुबाको शोक र तपाईहरूको माया दुवै मेरा लागि उत्तिकै महत्वपूर्ण छन्,’ उनले भने ।

उम्मेदवार कोरामा बसेपछि चुनावी अभियान सुस्त हुन्छ कि भन्ने धेरैको अनुमान थियो । तर ढकाल परिवारमा त्यो अनुमान गलत सावित भयो ।

ढकालको अनुपस्थितिमा उनका दुई छोरीहरू घरदैलो अभियानमा निस्किएका छन । ‘जेन-जी’ पुस्ताका छोरीहरूले भावनात्मक संवेदनशीलता र आधुनिक सोचलाई एकसाथ जोडेर अभियान अघि बढाइरहेका छन ।

इटालीमा सस्टेनेबल नेचुरल रिसोर्स म्यानेन्जमेन्टमा मास्टर गर्दै गरेकी जेन-जी उमेरकी जेठी छोरी सुरभीले भर्खरै बीएलएलबी सकेर बसेकी कान्छी छोरी सौरभीमा राजनितिमा चेत देखिन्छ ।

दुवै छोरी बिहानै उठेर बुवाको आशीर्वादसहित प्रतिबद्धता पत्र बोकेर मतदाताको घर–घर पुगिरहेका छन । उनीहरूको हातमा केवल प्रतिबद्धता पत्र मात्रै छैन, बुवाको संघर्ष र इमानको कथा पनि छ । घरदैलोमा पुगेर उनिहरु उनीहरू भन्छन्, ‘हाम्रो बुबा अहिले तपाईंहरूको अँगनमा आउन सक्नुभएन, उहाँको तर्फबाट हामी आएका छौ । उहाँको सपना पूरा गर्न साथ दिनुहोला ।’

राजनीतिक आलोचना गर्न तयार भएर बसेका विपक्षी मतदाताको मन पनि यो दृश्यले पग्लिने गरेको छ । पितृशोकको घडीमा छोरीहरूले देखाएको यो परिपक्वताले राजनीति केवल भाषण र घोषणापत्र मात्रै होइन, संवेदना, सम्बन्ध र संस्कारको शिक्षा पनि भएको मतदाताको प्रतिक्रिया छ । बुवाको राजनीतिक परीक्षामा छोरीहरू ‘सारथि’ बनेका छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ६ : ४१ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर