भूकम्पबाट भत्किएका सरकारी संरचना बनाउन अख्तियारी « Khabarhub

भूकम्पबाट भत्किएका सरकारी संरचना बनाउन अख्तियारी


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका स्वास्थ्य संस्था, विद्यालय निर्माण गर्ने भएको छ । 

विसं २०८० कात्तिक १७ मा जाजरकोटको रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय, स्वास्थ्य संरचना निर्माण गर्नका लागिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले पाँच वटा स्वास्थ्यचौकीको छनोट गरेर निर्माणका लागि अख्तियारीसमेत पठाइएको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार १४ वटा विद्यालय छनोट गरेर निर्माणका लागि पूर्वाधार विकास कार्यालयलाई अख्तियारी पठाएको छ । त्रिवेणी गाउँपालिकामा, चौरजहारी नगरपालिकामा र आठबीसकोट नगरपालिकामा एक-एक तथा बाँफीकोट गाउँपालिकामा दुई स्वास्थ्य संस्था निर्माण हुने भएका छन् । 

यसैगरी मुसिकोट नगरपालिका र चौरजहारीमा दुई-दुई विद्यालय, सानी भेरीमा र त्रिवेणी गाउँपालिकामा तीन तथा आठबीसकोटमा पाँच विद्यालय निर्माण गर्न अख्तियारी प्रदान गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।

यस्तै, जाजरकोटमा २१ विद्यालय र पाँच वटा स्वास्थ्य संस्था,  बारेकोटमा चार विद्यालय र दुई स्वास्थ्य संस्था निर्माण हुनेछन् । यसैगरी नलगाडमा तीन र भेरीमा  दुई विद्यालय एवं एक स्वास्थ्य संस्था निर्माण हुनेछ । छेडागाड नगरपालिकामा तीन विद्यालय, एक स्वास्थ्य संस्था, कुशे गाउँपालिकामा दुई विद्यालय, एक स्वास्थ्य संस्था निर्माण गरिने जनाइएको छ । 

शिवालय गाउँपालिकामा दुई विद्यालय र जुनिचाँदेमा पाँच विद्यालय निर्माण गरिने प्रवक्ता सुवेदीले बताए। 

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ७ : ४० बजे

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो