केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा « Khabarhub

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा केराका बिरुवा उपलब्ध गराउने भएको छ । केराखेती विस्तार तथा किसानको मागलाई मध्यनजर गर्दै अनुदानमा बिरुवा वितरण गर्ने योजना अघि बढाइएको हो ।

नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीका अनुसार किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीलाई मागका आधारमा केराका बिरुवा उपलब्ध गराइनेछ । किसानलाई कूल १० लाख मूल्य बराबरका केराका बिरुवा वितरण गर्ने लक्ष्य राखिएको उनले बताए । केराका बिरुवाको मूल्यको आधा रकम नगरपालिका र आधा रकम किसानले व्यहोर्ने छन् ।

किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराउन नगरपालिकाले पाँच लाख बजेट विनियोजन गरेको जनाएको छ । यस कार्यक्रमबाट केरा खेतीमा संलग्न किसानलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

हाल कृष्णपुर नगरपालिकामा व्यावसायिक रूपमा करिब ३५ भन्दा बढी किसान केरा खेतीमा संलग्न रहेका छन् । नगरपालिकाको विभिन्न क्षेत्रमा करिब ५५ हेक्टरभन्दा बढी जमिनमा केराखेती हुँदै आएको कृषि शाखा प्रमुख धामीले बताए ।

अनुदानमा केराका बिरुवा वितरणका लागि नगरपालिकाले ३० दिने सार्वजनिक सूचना जारी गरेको छ । इच्छुक किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीले तोकिएको समयभित्र आवश्यक कागजातसहित निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

निवेदनका साथ केराका बिरुवाको सङ्ख्या, केराको जात, किसान समूह वा सहकारीको दर्ता प्रमाणपत्रको प्रतिलिपि, खेती गर्ने जमिनको क्षेत्रफल खुल्ने जग्गाधनी पुर्जाको प्रतिलिपि पेस गर्नुपर्ने सर्त राखिएको छ ।

ऐलानी जग्गामा खेती गर्ने भए भोगचलन प्रमाण र भाडामा लिएको भए करार सम्झौताको प्रतिलिपिसमेत पेस गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यस कार्यक्रममार्फत स्थानीयस्तरमा केरा उत्पादन वृद्धि गर्दै किसानको आम्दानी बढाउने र कृषि क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ९ : २१ बजे

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र