रास्वपा प्रमुख सचेतकमा कविन्द्र, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा « Khabarhub

रास्वपा प्रमुख सचेतकमा कविन्द्र, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले प्रतिनिधिसभातर्फ प्रमुख सचेतकमा महामन्त्रीसमेत रहेका कविन्द्र बुर्लाकोटीलाई चयन गरेको छ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहको समेत उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बुर्लाकोटी गोरखा क्षेत्र नम्बर २ बाट फागुन २१ को निर्वाचनमा प्रतिनिधि सभामा विजयी भएका सांसद हुन् । उता सचेतकमा सांसदद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन भएका छन् ।

क्रान्तिशिखा भदौको जेन-जी आन्दोलनपछि एमाले छाडेर रास्वपा प्रवेश गरेकी थिइन् । परियार भने विवेकशील पार्टी हुँदै रास्वपामा आएका हुन्।

समानुपातिक सांसद रहेका दुवैजनालाई अब रास्वपाका १८२ सांसदलाई अनुशासनमा राख्ने, ह्विप लगाउने सहितका जिम्मेवारी आएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रतिनिधि सभाअन्तर्गतको १० वटा समितिका सभापतिबारे पनि निर्णय लिइँदैछ ।

बैठकले संसदीय समितिका सभापतिको उम्मेदवार चयनबारे छलफल गर्दै आवश्यक निर्णय गर्ने रास्वपाले बताएको छ ।

१० वटा समितिमध्ये रास्वपाले ९ वटा आफैं राख्ने योजना बनाएको छ। सार्वजनिक लेखा समिति भने उसले श्रमसंस्कृतिलाई दिन चाहेको छ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १ : ३४ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय