संसदीय समिति सभापतिमा धमाधम मनोनयन (तस्बिरहरू) « Khabarhub

संसदीय समिति सभापतिमा धमाधम मनोनयन (तस्बिरहरू)


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिका लागि मनोनयन दर्ता भएको छ । 

बिहीबार संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा सबै समितिको सभापतिका लागि मनोनयन दर्ता भएको हो । 

कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा समिक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको मनोनयन दर्ता भएको छ ।

शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका डा ओजस्वी शेरचन र एमालेका गुरु बरालको मनोनयन दर्ता भएको छ ।

त्यसैगरि सार्वजनिक लेखा समितिमा कांग्रेसका भरत बहादुर खड्का, अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्नीमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिको सभापतिमा रहवर अन्सारीको मनोनयन दर्ता भएको छ ।

त्यस्तै संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समितिमा बोध नारायण श्रेष्ठले मनोनयन दर्ता गर्नुभएको छ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपाका तर्फबाट राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा)ले मनोनयन दर्ता गरेका छन् ।

शुक्रबार बस्ने सम्बन्धित समितिको बैठकमा मनोनयन सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने र सभापति निर्वाचित भएको घोषणा हुने सचिवालयले जानकारी दिएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ३ : ३७ बजे

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली