सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा « Khabarhub

सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत ९० दिनको अवधिमा २ हजार २ सय भन्दा बढी नागरिकले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् ।

पोर्टलमार्फत अस्पतालमा उपलब्ध निःशुल्क शय्या र रगतको मौज्दातबारे वास्तविक समय (रियल–टाइम) मा जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध हुने अस्पतालको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो सातामात्र १३ अस्पताल थपिएसँगै हाल प्रणालीमा आबद्ध अस्पतालको संख्या २ सय ३८ पुगेको मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

पोर्टलमा आबद्ध प्रत्येक अस्पतालले आफ्नो कुल शय्या संख्या र त्यसको १० प्रतिशत बराबर अनिवार्य रूपमा छुट्याउनुपर्ने निःशुल्क शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्दै आएका छन् । साथै ती शय्यामध्ये कति प्रयोगमा छन् र कति खाली छन् भन्ने जानकारी पनि पोर्टलमा उपलब्ध गराइन्छ ।

यस प्रणालीमार्फत विपन्न बिरामी वा उनका आफन्तले घरमै बसेर मोबाइल वा कम्प्युटरबाट देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शय्याको अवस्था हेर्न सक्नेछन् । पोर्टलमा विभिन्न रक्तसञ्चार केन्द्रमा उपलब्ध रगतको मौज्दातसमेत अद्यावधिक हुने भएकाले आवश्यक रगतको जानकारी पनि सहजै प्राप्त गर्न सकिन्छ ।

सरकारले संविधानले प्रत्याभूत गरेको निःशुल्क स्वास्थ्य उपचारको हक कार्यान्वयन गर्न तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को प्रभावकारी कार्यान्वयनका लागि सूचना प्रविधिमा आधारित यो प्रणाली विकास गरेको हो । उक्त मापदण्डको दफा ७० (घ) अनुसार अस्पतालहरूले कुल शय्याको कम्तीमा १० प्रतिशत विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि निःशुल्क उपचारका निम्ति अनिवार्य रूपमा छुट्याउनुपर्ने व्यवस्था छ ।

प्रवक्ता डा. अधिकारीका अनुसार प्रणाली कार्यान्वयनसँगै संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्य उपचारको अधिकार उपयोग गर्ने नागरिकको संख्या क्रमशः बढ्दै गएको छ । मन्त्रालयले निःशुल्क स्वास्थ्य पोर्टलअन्तर्गत रक्त सूचना पोर्टल समेत सञ्चालनमा ल्याएको छ । यसबाट नागरिकले देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको मौज्दातसमेत सहज रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रवक्ता डा.अधिकारीका अनुसार पोर्टल सञ्चालनमा आएयता हालसम्म १ हजार ७६० भन्दा बढी नागरिकले निःशुल्क शय्याको सुविधा प्राप्त गरिसकेका छन् । देशका प्रमुख अस्पतालहरूमध्ये बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सबैभन्दा धेरै निःशुल्क शय्या उपलब्ध छन् । त्यहाँ रहेका कुल २५१ निःशुल्क शय्यामध्ये सोमबार अपराह्नसम्म सबै शय्या खाली रहेका थिए । यस्तै, निःशुल्क शय्याको सबैभन्दा बढी उपयोग भने वीर अस्पतालमा भएको छ, जहाँ उपलब्ध ९६ निःशुल्क शय्यामध्ये १९ बिरामी उपचाररत रहेका छन् ।

डा. अधिकारीका अनुसार निःशुल्क शय्याको सुविधा सम्बन्धी जानकारी अझै सबै नागरिकसम्म पुग्न नसकेकाले सेवा उपयोग गर्नेको संख्या अपेक्षाकृत कम देखिएको हो । जनचेतना विस्तारसँगै यसको उपयोग अझ बढ्दै जाने उहाँको विश्वास छ ।

यसैबीच, मन्त्रालयले ‘निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ स्वीकृत गरी मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरेको छ । कार्यविधिअनुसार १० प्रतिशत निःशुल्क शय्यामा भर्ना भएका बिरामीलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा पूर्णतः निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले पोर्टललाई थप प्रभावकारी बनाउँदै लक्षित वर्गसम्म निःशुल्क उपचार सेवा सुनिश्चित गर्न आवश्यक सुधार तथा व्यवस्थापनका कार्यहरू निरन्तर अघि बढाइने जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ११ : ३४ बजे

आठ इरानी मिसाइल खसालेको जोर्डनको दाबी

अम्मान- जोर्डनको सशस्त्र बलले आफ्नो हवाई रक्षा प्रणालीले बिहीबार जोर्डनतर्फ

यसकारण मेस्सी फुटबलका ‘राजा’

एटलान्टा- अमेरिकामा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इन्जुरी समयमा अविश्वसनीय

स्वास्थ्य बीमा बोर्डद्वारा ३ सय ६८ अस्पताललाई २ अर्बभन्दा बढी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले देशभरका ३६८ अस्पताल तथा स्वास्थ्य संस्थालाई

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित

पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया

काठमाडौं– मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा