अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने « Khabarhub

अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने


३२ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइनमार्फत नै राजस्व भुक्तानी गर्न सक्ने भएका छन्।

यातायात व्यवस्था विभागले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीमा राजस्व भुक्तानीको सुविधा थपेको हो।

विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले खबरहबसँग कुरा गर्दै हालसम्म सेवाग्राहीले अनलाइनबाट आवेदन फाराम मात्र भर्न सक्ने व्यवस्था रहेकामा अब राजस्वसमेत सोही प्रणालीबाट तिर्न मिल्ने जानकारी दिए।

‘लाइसेन्स लिन चाहने नयाँ सेवाग्राही तथा नवीकरण गर्ने सेवाग्राहीका लागि शुक्रबारदेखि अनलाइन प्रणालीमार्फत नै राजस्व भुक्तानी गर्न सकिने व्यवस्था गरेका छौँ,’ उनले भने।

उनका अनुसार नयाँ व्यवस्थासँगै सेवाग्राहीले राजस्व तिर्न बैंकमा पुगेर लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। यसले समय र खर्च दुवै बचत हुनुका साथै सेवा प्रवाहलाई थप छरितो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  २ : २१ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर