बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु « Khabarhub

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान भागदौड मच्चिँदा सात महिला श्रद्धालुको मृत्यु भएको छ। घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्।

अशोकधाम हल्टमा एकैपटक दुवै दिशाबाट रेल आएपछि अचानक भागदौड मच्चिएको थियो। त्यस क्रममा केही श्रद्धालु दौडिन थालेपछि बाटोमा लगाइएको बाँसको बार भत्किएको र बिजुलीको पोलसमेत ढलेको थियो।

पोल ढलेपछि बिजुलीको करेन्ट फैलिएको हल्ला तीव्र रूपमा फैलिँदा श्रद्धालुहरूमा त्रास उत्पन्न भएको थियो। सुरक्षित रूपमा बाहिर निस्कने क्रममा मानिसहरू यताउता भाग्न थालेपछि भीडको दबाब बढेर भागदौडको अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासनका अनुसार घटनाका बेला विद्युत् आपूर्ति बन्द थियो र बिजुलीका तारसमेत कभर गरिएको थियो। त्यसैले श्रद्धालुको मृत्यु करेन्ट लागेर नभई भागदौडका क्रममा भीडमा च्यापिएर भएको हो।

करेन्ट लागेर मृत्यु भएको सूचना गलत

घटनापछि ११ हजार भोल्टको हाइटेन्सन तारको करेन्ट लागेर श्रद्धालुको मृत्यु भएको सूचना फैलिएको थियो। यसले घटनास्थलमा थप त्रास सिर्जना गरेको थियो।

तर जिल्ला अधिकारी शैलेन्द्र कुमार र अतिरिक्त जिल्ला अधिकारी नीरज कुमारले पत्रकार सम्मेलनमार्फत कुनै पनि श्रद्धालुको मृत्यु करेन्ट लागेर नभएको स्पष्ट पारेका छन्।

प्रशासनका अनुसार भागदौडका क्रममा मानिसहरू एकअर्कामाथि खस्दा सात महिला श्रद्धालु भीडमा च्यापिएका थिए।

घटनापछि प्रहरी तथा प्रशासनिक अधिकारी घटनास्थल पुगेका थिए। स्थानीयवासीको सहयोगमा उद्धार तथा राहत कार्य सुरु गरी घाइतेहरूलाई तत्काल अस्पताल पुर्‍याइएको थियो।

सातमध्ये चार मृतकको पहिचान

मृत्यु हुने सात महिला श्रद्धालुमध्ये चार जनाको पहिचान भएको छ। उनीहरूमा हलसीकी ५५ वर्षीया हेमलता देवी, ललिता देवी, मुंगेरकी ५० वर्षीया रिंकु देवी र बडहियाकी ४४ वर्षीया मनमाला देवी रहेका छन्।

बाँकी मृतकको पहिचान गर्ने प्रक्रिया जारी रहेको प्रशासनले जनाएको छ। मृतकको पहिचान गरी परिवारसँग सम्पर्क गर्ने काम भइरहेको छ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  १ : १९ बजे

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र

निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित

रास्वपाको क्यान्डिडेट क्लबको घोषणा साँझ साढे ५ बजे 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको क्यान्डिडेट क्लब घोषणा ५ बजे हुने

चारवर्ष मलेसियमा काम गरेर फर्किएका मनबहादुरको फस्टाउँदो अकबरे खुर्सानी खेती  

वालिङ– मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती

धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

काभ्रेपलाञ्चोक– आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु भएको छ ।