किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई « Khabarhub

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई


१ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

इलाम– वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् । उनी सन्दकपुर गाउँपालिका–२ का वडा अध्यक्ष हुन् । 

वडा कार्यालयबाट दिने सेवाको समय (१०/५) सकिएपछि उनी किवी (फलफूल) खेतीमा रमाउन थालेसँगै गाँउमा उदाहरणीय कृषक बनेका हुन्  । 

उनी नेताले काम गर्नुपर्छ भन्ने मान्यता राख्छन् । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्दै आएका अध्यक्ष राईले २०७७ सालमा ‘पौरखी कृषि तथा पशुपंक्षी फार्म’ दर्ता गरी व्यावसायिक किवी खेती गरेका हुन्  ।

उनको किवी बगानमा ‘ग्रीन’ र ‘गोल्डेन’ गरी  दुई प्रजातिका १५५ वटा  बोट छन् । किवीको लहरा चढाउन ३१० वटा पक्की पिल्लर र फलामको तार प्रयोग गरी मचान बनाएका छन् । 

अध्यक्ष राईले दुई लाखको लगानीमा किवी  खेती सुरु गरेका हुन् । हाल वार्षिक तीन लाख आम्दानी गर्छन् । ‘जनताको काम गरेर बचेको समय किवी खेतीमा बिताउँदै आएको छु, मेहनतअनुसार आम्दानीसमेत राम्रै हुँदो रहेछ’, वडाध्यक्ष राईले भने,’वार्षिक रुपमा रु तीन लाख आम्दानी गरिरहेको छु । यसले मलाई घरव्यवहार चलाउन सहज रुपमा पुगिरहेको छ ।’

किवीको मुख्य सिजन असोजदेखि मङ्सिरसम्म हो । सिजनमा स्थानीय व्यापारीमार्फत प्रतिकेजी १०० देखि १२० रुपैयाँसम्म बगानबाटै फल बिक्री हुने गरेको छ । राईले आलु र मकै खेतीको सट्टामा किवी खेती सुरु गरेका हुन् । 

‘यहाँ पहिलेदेखि आलु र मकै खेती गरिन्थ्यो, त्यसैले वर्षदिन खान पुग्दैनथ्यो’, विगत सम्झँदै उनले भने, ‘किवीबाट राम्रो आम्दानी हुन्छ भन्ने सुनेपछि यो खेती सुरु गरेको हुँ ।’ 

पुस्तौँदेखि मकै र आलुको खेती गर्दै आएका किसानले अहिले किवीबाट राम्रो फाइदा लिएको उनी बताउँछन्।  

राम्रो आन्दानी हुने भएकाले युवाहरूलाई विदेश जानभन्दा गाउँघरमै किवी खेतीमा लाग्न उहाँको सुझाव छ । ‘युवाहरु दिनदिनै विदेशिने क्रम बढेकाले गाउँघरका जग्गाजमिनहरु बाझिन थालेका छन्’, उनले भने, ‘बाँझो जग्गाजमिनको सदुपयोग गरी कृषि व्यवसायमा सञ्चालन गरी गाउँमै स्वरोजगार बन्न सकिन्छ ।’ रासस

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  ३ : ०३ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको