आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री « Khabarhub

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री


१ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिइने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित नेपाल विद्युत् प्राधिकरणको वार्षिकोत्सव समारोहमा मन्त्री श्रेष्ठले आगामी वर्षदेखि भरपर्दो, गुणस्तरीय र अविच्छिन्न विद्युत् सेवा प्रवाहका लागि वितरण प्रणालीको आधुनिकीकरण, स्मार्ट प्रणाली, चुहावट नियन्त्रण र डिजिटल प्रविधिको विस्तारलाई प्राथमिकता दिइने बताएका छन् । 

उनले ऊर्जा क्षेत्रमा पूर्वाधार निर्माणका लागि ठूलो पुँजी आवश्यक भएकाले निजी क्षेत्र, वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न नीतिगत स्थिरता कायम गरिने उल्लेख गरे । 

जलविद्युत् क्षेत्रमा लामो समयदेखि देखिएको लाइसेन्स होल्ड गर्ने प्रवृत्ति अन्त्य गरी निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी प्रणाली स्थापित गर्ने लक्ष्य रहेको उनको भनाइ छ । 

मन्त्री श्रेष्ठले विद्युत् अर्थतन्त्रको मेरुदण्ड मात्र नभई सामाजिक न्याय र मानवीयताको आधारसमेत बनेकाले उपभोक्तालाई सुलभ दरमा विद्युत् उपलब्ध गराउनुपर्ने दायित्व भएकाले मन्त्रालय यसतर्फ सजक रहेको धारणा राखे । 

प्राधिकरणको सफलता मेगावाट, प्रसारण लाइन वा आम्दानीमा मात्र नभई कर्मचारीको इमानदारी, व्यावसायिकता र सेवाभावमा निर्भर रहने भएकाले संस्थागत सुशासन र वित्तीय अनुशासनमा जोड दिए । 

उनले रणको पुनर्संरचना कसैको अस्तित्व कमजोर पार्न नभई समग्र ऊर्जा क्षेत्रलाई प्रतिस्पर्धी बनाउन गरिएको स्पष्ट पारे । 

आर्थिक बर्ष २०८२/८३ मा प्राधिकरणले विद्युत् बिक्री र अन्य आम्दानीबाट कुल आम्दानी १ खर्ब ६६ अर्ब रुपैयाँ प्राप्त गरेको छ ।  

यस्तै कार्यसम्पादन सुधार, विद्युत् चुहावट नियन्त्रण र निर्यात वृद्धिका कारण समग्र कुल नाफा १३.१७ प्रतिशत बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ३ : १९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको