चीनको अर्थतन्त्रमा उपभोग र लगानीमा दबाब « Khabarhub

चीनको अर्थतन्त्रमा उपभोग र लगानीमा दबाब


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनको अर्थतन्त्रमा आन्तरिक माग कमजोर रहँदा उपभोग र लगानीमा दबाब देखिएको छ भने बलियो बाह्य मागका कारण औद्योगिक उत्पादन भने उत्साहजनक रूपमा बढेको छ। राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार यस वर्षको जनवरीदेखि अगस्ट महिनासम्मको अवधिमा स्थिर सम्पत्तिमा भएको लगानी गत वर्षको सोही अवधिको तुलनामा सात दशमलव दुई प्रतिशतले घटेको छ।

विशेष गरी सुस्त रियल इस्टेट क्षेत्रका कारण आर्थिक गतिमा बाधा पुगेको छ र यस अवधिमा घरजग्गा क्षेत्रको लगानी गत वर्षको तुलनामा लगभग बीस प्रतिशतले घटेको छ। त्यस्तै, उपभोगको प्रमुख मापक मानिने खुद्रा बिक्री गत महिना शून्य दशमलव चार प्रतिशतले मात्र बढेको छ भने सहरी बेरोजगारी दर पनि जुलाईको पाँच दशमलव दुई प्रतिशतबाट बढेर अगस्टमा पाँच दशमलव तीन प्रतिशत पुगेको छ।

घरेलु बजार सुस्त रहे पनि विदेशी माग बलियो हुँदा अगस्ट महिनामा चीनको औद्योगिक उत्पादन पाँच दशमलव दुई प्रतिशतले वृद्धि भएको छ। विशेष गरी लिथियम आयन ब्याट्री, औद्योगिक रोबोट र थ्रीडी प्रिन्टिङ उपकरणको उत्पादनमा उल्लेखनीय वृद्धि देखिएको छ।

बाह्य माग आन्तरिक मागभन्दा निकै शक्तिशाली देखिएकाले अर्थतन्त्रमा असमान किसिमको वृद्धि भइरहेको विश्लेषकहरूको ठहर छ। सिटी बैंकका अनुसार आन्तरिक उपभोग र दीर्घकालीन टिकाउ वस्तुको माग कमजोर रहनुका साथै लागतजन्य मुद्रास्फीतिले जोखिम बढाएको छ।

विश्वव्यापी रूपमा प्रविधिजन्य वस्तुको बलियो मागका कारण अगस्टमा चीनको निर्यातमा उल्लेख्य वृद्धि भए पनि अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच हुन लागेको शिखर सम्मेलन र सम्भावित कर वृद्धिका जोखिमहरूलाई लिएर अर्थशास्त्रीहरूले सतर्कता अपनाउन सुझाएका छन् । अर्थतन्त्रलाई उकास्न बेइजिङले आगामी दिनमा थप आर्थिक प्याकेजहरू ल्याउँछ वा स्थापित नीतिहरूको कार्यान्वयनमै जोड दिन्छ भन्ने विषयमा अहिले सबैको ध्यान केन्द्रित भएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  ३ : ३२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले