जग्गा भाडामा लिएर सयपत्री खेती « Khabarhub

जग्गा भाडामा लिएर सयपत्री खेती


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका  सदस्य र कर्मचारी अहिले सयपत्री खेतीमा ब्यस्त देखिन्छन् । 

एक हजार २०० सदस्य रहेको उक्त सहकारीले बनकट्टामा एक बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेपछि त्यही खेतीको स्याहार सुसारमा व्यस्त रहने गरेका हुन् । चाडपर्वलाई लक्षित गरी यसरी सयपत्री खेती गरिएको संस्थाका अध्यक्ष चित्रा धितालले बताएन्। 

‘अहिले सबै कार्यसमिति र कर्मचारी यही हजारी खेतीको स्याहारमा लागेका छौँ,’ उनले भनिन्’अहिले हजारीको सिजन भएकाले हामी यतातिर लागेका हौँ ।’

उनका अनुसार ‘कर्म’ जातको सयपत्री खेती गरिएको हो । सुरुमा करिब तीन लाख बढी खर्च भएको छ । बीउ, मल्चिङ तथा खेत जोताइलगायत उक्त बराबरको खर्च भएको हो । 

तिहारलाई लक्षित गरी साउन २६ गते सयपत्री रोपिएको ४५ दिन मै फुलेपछि आफू चिन्तित बनेको अध्यक्ष धितालले बताए। 

दसैँभन्दा अघि नै सयपत्री फुल्दा आफूले सोचेअनुसार आम्दानी हुँदैन, की भन्ने चिन्तामा रहेको उनले बताइन्। ‘मैले तिहारलाई लक्षित गरेका थिए,’ उनले भने’तर, दसैँमा फुल्यो, यसले गर्दा सोचेअनुसार आम्दानी हुँदैन की भन्ने लाग्छ ।’

सयपत्रीमा नियमित सिँचाइ गरेमा तीन पटकसम्म फुल्ने भएकाले सोहीअनुसार काम गरिरहेको उनले बताइन्। १२ देखि १६ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष धितालको भनाइ छ ।  

दसैँ अगावै फुलेपनि सामाजिक सञ्जालबाट प्रचार गर्दा काठमाडौँसम्म पठाएको अध्यक्ष धितालको भनाइ छ । टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी असोज मै करिब दुई क्विन्टल फूल काठमाडौँ पठाइसकिएको छ । विदेशबाट माग आएको उनले बताइन्। 

पाँच वर्षका लागि जग्गा भाडामा लिएर यसरी सयपत्री खेती गरिएको हो । कठ्ठाको वार्षिक दुई हजारका दरले यसरी जग्गा भाडामा लिइएको हो । कृषि सहकारी भएकाले सयपत्रीबाट राम्रो मनग्य लिन सकिने भएकाले यो खेतीतर्फ लागिएको उनले बताइन्। 

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ११ : १५ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो