यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार « Khabarhub

यी हुन् नेकपाले सुदूरपश्चिमबाट मैदानमा उतार्न लागेका उम्मेदवार


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

धनगढी– पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धमाधम उम्मेदवार चयन गर्न थालेको छ।

नेकपाले नेता डा. भीम रावलको पकड भएको सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका लागि उम्मेदवार चय गरिसकेको छ।

नेकपाले फागुन २१ को चुनावका लागि कैलाली क्षेत्र नम्बर ५ मा प्रेम आले, कैलाली ४ मा हरि चौधरी उत्सव, ३ मा वीरमान चौधरी र २ मा राजेन्द्र साउदलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। कैलाली क्षेत्र नम्बर १ बारे कुरा मिलिसकेको छैन ।

नेकपाले कञ्चनपुर क्षेत्र नम्बर १ मा बीना मगर, क्षेत्र नम्बर २ मा लालबहादुर खड्का र क्षेत्र नम्बर ३ मा मानबहादुर सुनाको नाम तय गरेको छ।

उता नेकपा नेता भीम रावलको गृहजिल्ला अछामस्थित क्षेत्र नम्बर १ बाट उनी आफैं लड्ने भएका छन् । क्षेत्र नम्बर २ बाट शरदसिंह भण्डारीले टिकट पाएका छन् ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डढेल्धुराबाट मानसिंह मालले टिकट पाएका छन् । दार्चुलाबाट लक्ष्मणदत्त जोशी उम्मेदवार बन्ने पक्का भएको छ। बझाङबाट मीनबहादुर कुँवरले टिकट पाएका छन् ।

बैतडी परमानन्द भट्टलाई उम्मेदवार तय गरेको नेकपाले डोटीमा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट र बाजुरामा गत कात्तिकमा नेकपा एमाले छाडेका प्रकाशबहादुर शाहलाई टिकट दिएको छ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ६ : २७ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार