एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति « Khabarhub

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने क्रममा मनोमानी गरेको आरोप पार्टीभित्रै उठ्न थालेको छ।

शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष ओलीसहित अधिकांश उम्मेदवारको टुंगो लगाए पनि केही प्रभावशाली नेताहरूलाई जानाजानी पर्खाइमा राखिएको छ।

उपमहासचिव योगेश भट्टराईको टिकट अहिलेसम्म तय गरिएको छैन। यो निर्णयले पार्टीभित्र निराशा र असन्तोष खुलेर देखिन थालेको छ।

भट्टराईको विषय अर्थपूर्ण मानिएको छ। उनी २०७९ को निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित सांसद हुन्। तर यसपटक ओलीले उनलाई टिकट नदिने मनस्थितिमा राखेर ‘होल्ड’ गरेको पार्टीभित्रै चर्चा छ। यही कारण ताप्लेजुङमा उम्मेदवारको नाम अध्यक्षले टुंग्याउने भनेर खाली राखिएको छ।

टिकट अनिश्चित भएपछि योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक प्रतिक्रिया दिएका छन्। उनले निर्णयप्रति असन्तुष्टि व्यक्त नगरे पनि संकेत स्पष्ट छ।

योगेशले लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु।
हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।’

उनले संयमित भएर लेखे पनि एमालेमा ओलीको मनोमानीबारे राजनीतिक सन्देश दिएका छन् । टिकट नपाए पनि पार्टीका लागि काम गर्ने भनाइभित्र असन्तोष लुकेको बुझाइ एमाले वृत्तमा छ ।

एमालेभित्र अहिले टिकट वितरण ओलीकेन्द्रित हुँदै गएको छ । सचिवालय, स्थायी समिति र क्षेत्रीय सन्तुलनभन्दा अध्यक्षको व्यक्तिगत निर्णय हावी भएको गुनासो नेताहरूबीच बढ्दो छ ।

योगेश भट्टराईजस्ता नेतालाई ओलीले टिकट नदिन खोजेपछि बैठकमै भनाभनको अवस्था भएको छ । चुनाव नजिकिँदै गर्दा टिकट विवादले एमालेभित्रको आन्तरिक एकता कति टिक्छ भन्ने प्रश्न उठ्न थालेको छ ।

शनिबार दिनभर बसेको बैठकमा मापदण्डबिना नै उम्मेदवार तोकिएपछि उपमहासचिव भट्टराईले असन्तुष्टि जनाए । उनले तीन बुँदे नोट अफ डिसेन्ट लेखेर हिँडेका छन् ।

ओलीले सचिवालय बैठकम‌ै यसपटक योगेशलाई टिकट नदिने भनेका थिए। उनलेे यसपटक तपाईंको राम्रो छैन भन्दै योगेशलाई रोक्न खोजे। त्यसपछि योगेशले अरूको कुरा सुनेर निर्णय नगर्नु भन्दै प्रतिवाद गरे ।

योगेशको प्रतिवादपछि उनको टिकट नै ओलीले होल्डमा राखिदिए । ओलीले एघारौं महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट लडेका गोकर्ण विष्टबाहेक सबैसँग बदला लिए ।

योगेश भट्टराई,महासचिवमा लडेका सुरेन्द्र पाण्डे, सचिवमा लडेका गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्णबहादुर थापा, नेता गणेश पहाडी, ईश्वर प्यानलबाट एक्ला खुला केन्द्रीय सदस्य झपट रावल र तारा लामासहितसँग ओलीले बदला लिएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ११ : ३९ बजे

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको

रास्वपाको बागमती अधिवेशन : विद्युतीय मेसिनबाट मतदानको तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको अधिवेशनअन्तर्गत केहीबेरपछि मतदान हुँदैछ

पाकिस्तानमा ७६३ अफगान कैदी रिहा, ३७ सय शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन

‘पार्टी शुद्धीकरण र पुनर्गठन’का लागि एमालेले थाल्यो सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण