पछिल्लो ११ महिनामा विपदका घटनामा परी ४ सय ७१ जनाको मृत्यु, सबैभन्दा आगलागिबाट « Khabarhub

पछिल्लो ११ महिनामा विपदका घटनामा परी ४ सय ७१ जनाको मृत्यु, सबैभन्दा आगलागिबाट


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा देशका विभिन्न स्थानमा भएका विपदका घटनामा परी ४ सय ७१ जनाको मृत्यु भएको छ । 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ वैशाख १ गतेदेखि चैत २ गतेसम्म देशभर विभिन्न प्रकारका विपद्का ६ हजार ८७९ घटना घटेका छन् ।

ती घटनामा परी ४७१ जनाको मृत्यु भएको छ भने ३८ जना बेपत्ता भएका छन्। साथै १ हजार ८२१ जना घाइते भएका छन् र कुल १२ हजार ५६३ परिवार प्रभावित भएका छन् ।

तथ्यांकअनुसार सबैभन्दा धेरै घटना आगलागीका रहेका छन् । आगलागीका मात्रै ३ हजार ३६६ घटना हुँदा १०० जनाको ज्यान गएको, ५२९ जना घाइते भएका र ३ हजार ७९४ परिवार प्रभावित भएका छन् । त्यसपछि सर्पदंशका घटनामा सबैभन्दा धेरै मानवीय क्षति देखिएको छ । ५९४ घटनामा ९७ जनाको मृत्यु भएको छ भने ५०३ जना घाइते भएका छन् । 

तथ्यांक अनुसार प्राकृतिक विपत्तिमा बाढी र पहिरो पनि प्रमुख रूपमा देखिएका छन् । बाढीका ३२० घटनामा ३८ जनाको मृत्यु, २७ जना बेपत्ता र ३ हजार ३०५ परिवार प्रभावित भएका छन् । त्यस्तै, पहिरोका ५९६ घटनामा ७४ जनाको मृत्यु भएको छ भने १ हजार ५६० परिवार प्रभावित भएका छन् ।

चट्याङका ३७३ घटनामा ४६ जनाको मृत्यु र २७९ जना घाइते भएका छन् । त्यसैगरी, भारी वर्षाका ४३० घटनामा ७ जनाको मृत्यु भएको छ भने १ हजार २० परिवार प्रभावित भएका छन्। जनावर आक्रमणका ४८८ घटनामा ५४ जनाको ज्यान गएको छ र ७९१ परिवार प्रभावित भएको प्राधिकारणको तथ्यांकमा उल्लेख छ ।  

लेक लाग्ने सम्बन्धी १२० घटनामा ३६ जनाको मृत्यु भएको छ भने हिमपहिरोका ५ घटनामा ६ जनाको ज्यान गएको छ। हावाहुरीका ३२० घटनामा ११ जनाको मृत्यु र ५९८ परिवार प्रभावित भएका छन् । अन्य घटनातर्फ वन डढेलो, हवाई दुर्घटना, असिना, शीतलहर, डुङ्गा पल्टिने, भूकम्प र महामारीका घटनाहरू पनि दर्ज भएका छन्, यद्यपि ती घटनामा तुलनात्मक रूपमा कम मानवीय क्षति भएको देखिन्छ ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ११ : ५४ बजे

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक

‘विवादित पात्रलाई जेन-जीको मञ्चमा किन ल्याइयो, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले जेनजी सहिदहरूको स्मृति सभाको