डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन « Khabarhub

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

टक्सार– सुक्खायाममा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि भोजपुरमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । 
    
चैत १ गतेदेखि जिल्लामा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ वन डढेलो व्यवस्थापनसम्बन्धी सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो । 

सोही क्रममा आज बिहान जिल्ला सदरमुकाममा सचेतनामूलक नारासहित प्रभातफेरीसमेत गरिएको छ । डिभिजन वन कार्यालयको आयोजनामा भएको प्रभातफेरीका सहभागीहरूको हातमा रहेको प्लेकार्डमा वनजंगलमा आगो नलगाऔँ, जङ्गल र जैविक विविधताको संरक्षण गरौँ, डढेलो लागेमा प्रहरीलाई खबर गरौँजस्ता विभिन्न सचेतनामूलक नारा थिए ।

डिभिजन वन कार्यालयका अधिकृत कपिल देव अधिकारीले वन क्षेत्रमा लाग्ने डढेलोका कारण जैविक विविधता एव वन सम्पदा नष्ट हुने भएकाले यसको नियन्त्रणमा सबैको हातेमालो जरुरी रहेकाले सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए । 

प्रभातफेरीमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी, कार्यालयका प्रमुख, उद्योगी व्यवसायी, वनसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
    
जिल्लामा आगामी चैत ७ गतेसम्म वन डढेलो व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू हुनेछन् ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १२ : ४६ बजे

सुस्ता जोगाउन अस्थायी तटबन्ध बनाउँदै स्थानीय र सुरक्षाकर्मी  (तस्बिरहरू)

नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी सामूहिक

एक करोड ९४ लाख राजस्व सङ्कलन

जुम्ला– यातायात व्यवस्था सेवा कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पौने घण्टा भेटवार्ता

काठमाडौं– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका

तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ