डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन « Khabarhub

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

टक्सार– सुक्खायाममा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि भोजपुरमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । 
    
चैत १ गतेदेखि जिल्लामा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ वन डढेलो व्यवस्थापनसम्बन्धी सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो । 

सोही क्रममा आज बिहान जिल्ला सदरमुकाममा सचेतनामूलक नारासहित प्रभातफेरीसमेत गरिएको छ । डिभिजन वन कार्यालयको आयोजनामा भएको प्रभातफेरीका सहभागीहरूको हातमा रहेको प्लेकार्डमा वनजंगलमा आगो नलगाऔँ, जङ्गल र जैविक विविधताको संरक्षण गरौँ, डढेलो लागेमा प्रहरीलाई खबर गरौँजस्ता विभिन्न सचेतनामूलक नारा थिए ।

डिभिजन वन कार्यालयका अधिकृत कपिल देव अधिकारीले वन क्षेत्रमा लाग्ने डढेलोका कारण जैविक विविधता एव वन सम्पदा नष्ट हुने भएकाले यसको नियन्त्रणमा सबैको हातेमालो जरुरी रहेकाले सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिए । 

प्रभातफेरीमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी, कार्यालयका प्रमुख, उद्योगी व्यवसायी, वनसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
    
जिल्लामा आगामी चैत ७ गतेसम्म वन डढेलो व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू हुनेछन् ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १२ : ४६ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष