करण केसीले जापान प्रिमियर लिग खेल्ने « Khabarhub

करण केसीले जापान प्रिमियर लिग खेल्ने


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर लिग खेल्ने भएका छन् ।

मंगलबार जापान क्रिकेट संघले सामाजिक सञ्जालमार्फत करणले जापान प्रिमियर लिग खेल्ने तय भएको जनाएको हो । यद्यपि, उनी कुन टिममा अनुबन्धित भएका छन् भन्ने कुरा संघले खुलाएको छैन ।

‘नेपालका करण केसी जापान प्रिमियर लिग खेल्न जापान आउँदै छन् । करणले प्रतियोगितामा उत्साह थप्ने विश्वास लिएका छौँ,’ संघले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।

जापा प्रिमियर लिग जापानमा घरेलु टी–२० क्रिकेटतर्फ सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा लियन्छ । हालसम्म प्रिमियर लिगको चार संस्करण पूरा भइसकेको छ । साउथ कान्टो प्रतियोगिताको साविक विजेताको रुपमा रहेको छ ।

करणले हालसम्म टी–२० क्रिकेटमा घरेलुतर्फ १११ विकेट लिएका छन् भने अन्तर्राष्ट्रिय टी–२० तर्फ १०६ विकेट लिएका छन् । उनले काठमाण्डू गोर्खाजबाट नेपालमै गत मंसिरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण खेल्दा १३ विकेट लिएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ८ : ५६ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका