मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन « Khabarhub

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन


३ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा देखाइएजस्तो कुनै पनि विशेष पुस्तक वा सामग्रीलाई लक्षित गरी नष्ट नगरिएको उल्लेख गरिएको हो ।

‘हाल सामाजिक सञ्जालमा हाम्रो संस्थासँग सम्बन्धित भनी केही तस्बिर तथा सूचनाहरू प्रशारित भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सामाजिक सञ्जालमा देखाइएजस्तो कुनै विशेष पुस्तक वा सामग्रीलाई लक्षित गरी नष्ट गरिएको होइन भन्ने कुरा स्पष्ट पार्न चाहन्छौँ ।’

यसअघि यसघटनालाई लिएर चिनियाँ दूतावासले सरकारलाई ध्यानाकर्षण गराएपछि गृहमन्त्रालयले आवश्यक कारबाही अघि बढाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  १० : १३ बजे

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब