असनमा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम, शनिबार सवारी प्रवेश निषेध « Khabarhub

असनमा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम, शनिबार सवारी प्रवेश निषेध


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असन क्षेत्रको मौलिकता संरक्षण र परम्परागत व्यापार प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौं महानगरपालिकाले वैशाख ५ गतेदेखि हरेक शनिबार ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महानगरले असन क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधिको केन्द्रका रूपमा विकास गर्न यो कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिएको हो। महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार काठमाडौंको सांस्कृतिक पहिचान, परम्परागत जीवनशैली, जात्रा–पर्व, संस्कार र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान तथा सीपको संरक्षण र प्रवर्द्धन कार्यक्रमको मुख्य उद्देश्य हो।

कार्यक्रम अन्तर्गत कमलाछी चोक, भोटाहिटी चोक र महाबौद्ध हुँदै असनसम्मको क्षेत्रमा विभिन्न सांस्कृतिक तथा व्यापारिक गतिविधि सञ्चालन गरिनेछ।

महानगरले कार्यक्रम सुरु भएसँगै उक्त क्षेत्रमा हरेक शनिबार सवारीसाधन प्रवेशमा रोक लगाउने निर्णय पनि गरेको छ। यसले पैदल यात्रु र सांस्कृतिक गतिविधिलाई सहज बनाउने विश्वास गरिएको छ।

महानगरका अनुसार असन क्षेत्रलाई ‘सम्पदा मार्ग’ का रूपमा विकास गर्दै स्थानीय रैथाने व्यापार व्यवसायलाई थप प्रोत्साहन गरिनेछ। साथै, यस कार्यक्रमले असन बजारको मौलिकता जोगाउनका साथै वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  २ : ३१ बजे

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका ९बिहीबार०का लागि विदेशी मुद्राको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २१ गते बिहीबार सन् २०२६

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका